Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ८.०१ अंकको सुधार, डेढ अर्बमा समेटियो कारोबार

काठमाडौं । साताको अन्तिम दिन दिन शेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन बढेको बजार त्यसपछिका ३ दिन लगातार घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.०१ अंकले बढेको हो । ०.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३३.१३ अंकमा उक्लिएको छ ।
आज २७१ कम्पनीका ४० लाख ९ हजार २ सय ६३ कित्ता शेयर किनबेच हूँदा १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३ सय ९८.७९ रुपियाँ बराबरको कारोबार भएको हो ।
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ का लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताहरुले ९.७४ प्रतिशतले कमाए । त्यसैगरी लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
सोल्टी होटलको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १३ करोड ७१ लाख ५ हजार ६ सय ४६.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १४.८१ अंकले बजार बढ्दा ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५ सय १२.२६ रुपियाँ, सोमबार ३.६१ अंकले बजार घट्दा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६ सय ३८.३० रुपियाँ, मंगलबार ३१.८० अंकले बजार घट्दा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३ सय ६९.५१ रुपियाँ र हिजो बुधबार २०.३१ अंकले बजार घट्दा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६ सय २३.०९ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार