Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धम्क्याउँदै पैसा उठाउन व्यस्त केसीको समूह

सोलुखुम्बु । पर्खाल मन्त्री भनेर चिनिने बलबहादुर केसीका साथै, विकास निर्माणको कार्यहरूमा धम्की दिएर ठूलो रकम उठाउने उनको ग्याङले सोलखुम्बु जिल्लाको विकासका कार्यहरूलाई बाधा दिने काम गरिरहेका छन् । केसीसमेत उनको ग्याङले सोलु खोलामा निर्माण भैरहेका जल विद्युत योजनाहरूसँग ठूलो रकम मागे । उनीहरूले मागे अनुसारको रकम नदिए, जलविद्युतको निर्माण काम रोकिदिने उनीहरूले धम्की दिए । जलविद्युत योजनाको काम भैरहेको तिङला गाउँका सम्पूर्ण जनताले केसीको यस्तो विकास विरोधी कामको विरोध गरेर उनलाई त्यहाँबाट लखेटे । सोलुखुम्बु जिल्लामा गाउँ पालिका र नगरपालिकाको गठन हुँदा, केसीले त्यही रिसमा तिङला गाउँसित प्रतिशोधको भावना राखी, उक्त तिङला गाउँलाई पायक नै नपर्ने गाउँ पालिकामा समावेश गरिदिए । यसको सबैतिरबाट विरोध भयो र तिङला गाउँका ३२ सय जति मतदाताले विगतमा भएको तीनवटै निकायको चुनाव वहिष्कार गरे । त्यहाँका गाउँका जनताले एक मत पनि खसालेलन् । केसीका यस्तै कार्यले गर्दा सोलुखुम्बु जिल्लाकोे सबै गाउँ पालिकामा कांँग्रेसको नराम्रो हार भयो । सोलुखुम्बु र रामेछापको सीमानाबाट बग्ने लिखुखोलामा पनि गत दुई वर्षदेखि जलविद्युत योजनाको काम भैरहेको छ । त्यो जलविद्यूत आयोजनाले पनि केसी र उनको ग्याङले मागे अनुसारको रकम नदिए, काम गर्न नदिने भन्दै केसी र उनका मान्छेहरू तीन चार पटक लिखुखोला जलविद्युत्को कार्य भैरहेको ठाँउमा गएर आयोजनामा काम गर्नेहरूलाई धाकधम्की दिए । ठूलो रकम आफूलाई दिए मात्र काम गर्नदिने भन्दै काममा बाधा दिन खोजे । त्यहाँ पनि स्थानीय जनताले उनीहरूको विकास विरोधी कार्यको कडा विरोध गरे । अहिले त्यहाँ सुरक्षाको पनि विशेष व्यवस्था गरिएको छ । यही जेष्ठ ३१ गते फेरि केसी र पैसाको निमित्त विकासको कामलाई सधैं अवरोध गरिरहने सुभराम भनिने अनेक काण्डमा मुछिएका व्यक्ति र उनका बाबु समेत अवैध हतियार लिएर लिखुखोला जलविद्यूत योजना स्थलमा पुुगे । त्यहाँ उनीहरूले काम गरिरहेकाहरूलाई ज्यान मार्ने धम्की दिँदै, केहीलाई कुटपिट समेत गरेका थिए । यस काण्डमा रामेछाप जिल्लाबाट केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ र यसमा संलग्न अरु केहीको खोजी भैरहेको छ । यस्ता गुण्डागर्दीका प्रति समयमा नै सजगता अपनाइएन भने लिखुखोला जल विधुत् निर्माण कार्यमा ठूलो खतरामा पर्ने सम्भावना छ ।