Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रकाश सपूतले चलचित्र निर्माण गर्ने

काठमाडौं । गायक प्रकाश सपूतले आफैँ चलचित्र निर्माण गर्ने भएका छन् ।
“यो वर्ष म विभेदविरुद्धका गीतमा काम गर्दै छु । अर्को वर्ष आफैँ चलचित्र निर्माण गर्दै छु,” प्रकाशले जनाएका छन् । प्रकाशले निर्माण गर्ने चलचित्रको निर्देशन पनि उनी स्वयंले गर्नेछन् ।
स्क्रिप्ट तयार भइसकेको सिनेमाको मुख्य भूमिकामा पनि प्रकाश आफैँ हुनेछन् । आफ्नो चलचित्र सामाजिक कथावस्तुमा आधारित हुने उनले स्पष्ट पारे । विसं. २०८१ आफूले आफ्नै चलचित्रलाई समय दिने उनको भनाइ छ ।
यो वर्ष प्रकाशले अभिनय गरेको चलचित्र ‘परदेशी–२’ रिलिज हुँदै छ । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश शीर्ष भूमिकामा छन् ।
“चलचित्र र गीतसंगीत मैले रोजेको कर्म हो । मलाई चलचित्रमा काम गर्न मन लागेको थियो । परदेशी–२ मा काम गरेँ । यो चलचित्र यही वर्षको दसैँमा रिलिज हुँदै छ,” उनले भने, “यसका लागि अब हामी पब्लिसिटीमा जुट्दै छौँ । अर्को वर्ष म आफ्नै चलचित्रको काम गर्नेछु ।”


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल