Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। बजारमा मंगलबार १ अर्ब ३३ करोडको सेयर किनबेच भयो। कारोबार रकमका आधारमा कुमारी बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो।
बैंकको संस्थापक सेयर प्रतिकित्ता ११३ रुपैयाँका दरले किनबेच भएको हो। उसको संस्थापक सेयर २८ करोड ५९ लाख १९ हजार ६०६ रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ। जुन मंगलबारको कुल कारोबारको २१ प्रतिशतभन्दा धेरै हो।
‘यो सेयर एउटै परिवारमा किनबेच भएको छ’, नेप्से स्रोतले भन्यो। व्यापारिक घरानाकी विमला अग्रवालले सेयर बिक्री गरेकी हुन्। सेयर उद्योगी सुमितकुमार अग्रवालले किनेका हुन्। सुमित एमएस ग्रुपका तत्कालीन अध्यक्ष शिवकुमार अग्रवालका छोरा हुन्।
सुमित हाल ग्रुपका उपाध्यक्ष छन्। यो ग्रुपको रिलायन्स स्पिनिङ मिल्स, धनलक्ष्मी सिन्थेटिक लिमिटेड, ओरियन्टल कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लगायत १३ कम्पनीमा लगानी छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल