Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ।
कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबरको २९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपियाँका दरले आईपीओ निष्काशन खुला गर्न लागेको हो ।
कूल निष्काशन मध्ये ५८ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकिएको छ ।
बाँकी २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । इच्छुक लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल