Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज शुक्रबार बिहान बाँडफाँट गरिएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ७ लाख ६८ हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपियाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपियाँ थप गरी कुल २३९ रुपियाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको र ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता अंकित मूल्य रु. १०० मा रु. १३९ थप गरी प्रतिकित्ता २३९ रुपियाँमा सर्बसाधारणका लागि बिक्री गरेको कम्पनीले जानकारी दिएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल