Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२०८१ को नयाँ वर्षमा रेखाको ‘उपहार’

काठमाण्डौ । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको चलचित्र ‘डिग्री माइला र एमए थर्ड क्लास’ र ज्ञानेन्द्र देउजाको निर्देशनमा अहिले छायांकन भैरहेको चलचित्र ‘उपहार’बीच आगामी नयाँ वर्षमा भिडन्त हुन लागेको हो । यद्यपि, दुवै चलचित्रले यकिन मिति भने घोषणा गर्न बाँकी छ । यी दुईटै चलचित्रले २०८१ को नयाँ वर्ष भनेर मात्र घोषणा गरेको अवस्था छ । तर, आगामी वर्षमा नयाँ वर्ष शनिबार परेको छ ।
‘उपहार’का वितरक करण श्रेष्ठले अहिलेसम्म चलचित्र बैशाख १ गते अर्थात् शनिबार नै प्रदर्शन गर्ने तयारी रहेको जानकारी दिए । उनले भने, ‘नयाँ वर्ष नेपाली चलचित्रका लागि सधैं विशेष हुन्छ । तर, यसपटक शनिबार नयाँ वर्ष परेको छ । हाम्रो योजना चाहिँ बैशाख १ गते चलचित्र लगाउने भन्ने छ तर, अरु चलचित्र चैत ३० गते आएको अवस्थामा हामी पनि एकदिन अगाडि आउन सक्छौं ।’
‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको अभिनय छ भने ‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहनेछ । स्टारकास्टको हिसाबले दुवै चलचित्रहरु बलिया देखिएका छन् । तर, अहिले देशमा २ सय बढी स्क्रिन (पर्दा) रहेकाले एकै मितिमा दुईवटासम्म नेपाली चलचित्र सजिलै धान्न सक्ने अवस्था छ ।