Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिआइएको छद्वम युद्धका नेपाली मोहराहरू

  • अर्जुन ज्ञवाली

 

चर्चित लेखक गाय दोबोर्दले इन्टरनेट आउनु भन्दा धेरै अगाडि आफ्नो पुस्तक कमेन्टस अन द सोसाइटी अफ द स्पेक्टेकलमा भनेका थिए– सम्पूर्ण सूचनाहरू हातमा लिएका ब्यक्तिले कसैको प्रतिष्ठा बिटुल्याउन र फेर्न सक्ने स्थिति आएको छ । समुद्रपारी सिआइएले रुसी रास्ट्रपति पुटिनजस्ता ब्यक्तिको निरन्तर जानकारी बटुल्ने गर्दछ । सिआइएका अफिसरहरू जनसम्पर्कका मानिसहरू, पत्रकारहरू, राजनीतिक नेताहरू, सञ्चार माध्यम बिज्ञको रूपमा राय दिएर पैसा लिने बुद्धिजीवी, रिटायर्ड कर्मचारीहरूलाई सुराकी गर्न सिआइएले इन क्यु टेलको खर्चमा मिलेमतो गरेर ब्यवस्था मिलाएको छ । युक्रेनको मोर्चामा लोकतन्त्रका लागि अनुदान नेड देखियो जो सिआइएनै हो । नेपालमा यसैगरी सिआइएले सञ्जाल फिजाएको छ । विद्यार्थी संठनबाट आएका नेताहरू, पत्रकार, बुद्धिजीवी अपवाद बाहेक नेपालमा सिआइएका भाडाका सिपाही हुन् । युक्रेनमा जस्तै नेपालमा पत्रकारहरू, तिनका सम्पादकहरू, पुजिपती र प्रकाशकहरूबीच जर्ज सोरोस, ओमिदयार जस्तै मानिस छन् । उनीहरूले सिआइएले गर्ने अबैध गतिविधिहरू लुकाउँछन् । नेपाली मिडियामा यो ठ्याक्कै लागू हुन्छ । सिआइए र मिडिया एउटै अपराधिक समुहका षड्यन्त्रका हिस्सा हुन् । यिनिहरूले सिआइएको मिसनमा योजनाबद्व रूपमा मिसन चलाउँछन् । पुटिनले हालैमात्र ईन्टरनेट सिआइएको विशेष परियोजना थियोे भने । उनको कुरा सत्य हो । पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि सन् १७७६ मा अमेरिका भन्ने देश जन्मियो । त्यस यताको २५० बर्षको समयमा २२५ भन्दा बढी लडाइँ लड्यो । सन १९४५ देखि २००१ को ७६ बर्षमा १५३ देशमा २४८ वटा सैनिक द्वन्द्व भए । ती मध्येमा २०१ वटा युद्धको नेतृत्व गरेको रिपोर्ट अमेरिकी पत्रकार हि वेवेनकै रिपोर्टमा उल्लेख छ । युक्रेन जस्तै अमेरिकीहरूले चीन विरुद्ध नेपाललाई नयाँ युक्रेन बनाउन यहाँको सेना, मिडिया राजनीतिक दलहरूमा ब्यपक लगानी गरेको छ । यिनिहरूको सञ्जाल एकअर्कामा अन्तरसंबन्धित छ । धर्मको आवरणमा चर्चहरू, दलाइ लामाको प्रभाव रहेका बौद्ध गुम्बाहरू, आरएसएस, स्कोन, साइबाबा, राधेराधे, ब्रह्मम कुमारी राजयोग, कृष्णप्रणमि, हरेराम हरेकृष्ण आदि धार्मिक समुहहरूले सिआइएकै काम गरिरहेका छन् । यी छद्वम नेटोका सिभिल सेनाहरूबाट नेपाललाई जोगाउने जिम्मेवारी अहिलेको पुस्तामा आएको छ ।

देउवा प्रचण्ड मण्डली सिआइएका मोहरा
जेनेभामा भएको संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनकोबारेमा छलफल हुनुपर्ने प्रस्तावमा नेपालले युक्रेनको पक्षमा भोट हालेर प्रचण्ड ÷देउवा मण्डली अमेरिकी कितामा खुलारूपमा उभिएका छन् । यस विषयमा भारत तटस्थ बस्यो भने चीनले विपक्षमा भोट हालेको छ । युक्रेनको मैदानमा अमेरिकीहरू र रुसको युद्ध भैरहेको अवस्थामा नेपाल युक्रेनको पक्षमा लाग्नु र एमसिसि सम्झौता सम्सदबाट पारित गर्नु प्रचण्ड÷देउवा मण्डलीले नेपाललाई नयाँ युक्रेन बनाउने षड्यन्त्रमा सामेली हुनु हो । अमेरिकीहरूले युक्रेनलाई नेटोमा सामेल गरेर युद्ध निम्त्याएको अमेरिका युक्रेनलाई कब्जा गरि मस्को हुँदै भ्लादिभोस्तकसम्म पुग्ने र अन्ततः चीनलाई घेर्ने अमेरिकी निति भएकोले यो युद्ध चीनको पनि सरोकारको विषयहो । नेपाल सहित दक्षिण एशियामा नेपाललाई नयाँ युक्रेन बनाएर सार्क मुलुक अफगानिस्तान मार्फत रुस घेर्ने अमेरिकी नितिका कारण नेपाल अब चीनको मात्रै होईन रुसको पनि चासोको विषय हो । सन १९९० अगाडि सिआइए मिसनमा तत्कालिन दरबार, सेना र सिआइएको आडमा तत्कालीन माले, एमाले, मसाल, पछिल्लो माओवादी र भारतीय खुफिया एजेन्सी रअसँग आबद्ध पुस्पलालले कम्युनिस्ट आवरणमा डा.केशरजंग रायमाझी लाई दरबारीया, दक्षिणपन्थी, गद्दार भनेर सिआइए मिसनमै प्रपोगण्डा गरेका थिए । किनकि रायमाझी चीन÷ रुससँग निकट थिए । अब नेपाल सन १९९० अधिको भुराजनीतिमा रहन सक्तैन । किनकि युक्रेन युद्धले बिश्व बहुध्रुबिय भैसकेको छ ।

चिनियाँ नक्सा भ्रम र यथार्थ
चीनले नयाँ नक्सा जारि गरेर विवाद नसुल्झिएका सिमारेखाहरूको विषयमा दवाव दिएको छ । भारत मार्फत सिआइए एकातर्फ दक्षिण एशियामा र अर्कोतर्फ साउथ चाइना सि मार्फत घेर्न खोजिसकेपछि चीन आक्रामक रूपमा आएको देखिन्छ । जहाँसम्म लिम्पियाधुरा लिपुलेकको विषय छ यो नेपालले दाबीगरेको भुमिसँगै यदि चीन रुसजस्तै आक्रामक रूपमा एतिहासिक सिमारेखा दाविगर्ने तहमा आउँदा हामीले किर्ते सुगौली सन्धिपूर्बको बिशाल नेपाल दावी गर्ने दिन आउन सक्छ । नेपालसँग चीनको कुनै सिमा विवाद छैन । राजा महेन्द्रको कार्यकालमै सिमासमस्या हल भैसकेको विषय हो । लिम्पियाधुरा लिपुलेक होस् या दक्षिण सिमाना भारतसँग नेपालको सिमा विवाद रहँदै आएको छ । अरुणाञ्चल चीनको भुमिहो भने किर्ते सुगौली सन्धिपूर्वको विशाल नेपाल नेपाली भुमि हो । अरुणाञ्चल भारतले ओगटेजस्तै नेपालको दुइतिहाइ भुभाग पनि भारतले ओगटेकोछ । त्यो अवस्थामा लिम्पियाधुरा–लिपुलेकलाई चीनले नयाँ नक्सामा राख्यो भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । लिम्पियाधुरा लिपुलेक नेपाली भुमी हो । भारतले ओगटेको छ त्यसलाई भारत र चीन बीच सिमाको मुद्दा उठ्दा नेपाललाई त्रिदेशिय सहमतिमा फिर्ता गर्न सहजनै हुन्छ । त्यो अवस्थामा हाम्रो दावी किर्ते सुगौली सन्धिपूर्वको योगि नरहरिनाथले जारिगरेको बिशाल नेपालको भुमी हुनेछ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह, फणीन्द्र नेपाल र अन्तर्राष्ट्रिय मञ्चले प्रकाशित गरेको बिशाल नेपालको नक्सा विवादित नक्सा हो । यिनीहरूले सार्वजनिक गरेको नक्सा पश्चिमा मिशनमै ल्याइएको छ । त्यसले सुगौली सन्धिपूर्वको नेपालको सम्पूर्ण भुमिको प्रतिनिधित्व गर्दैन । योगी नरहरिनाथले सार्वजनिक गरेको नक्सा नै विशाल नेपालको आधिकारीक नक्सा हो । अमेरिकीहरूले रुस वरिपरि नेटो बिस्तार गर्न खोज्दा युक्रेन लगायत रुस वरिपरिका देशहरू जुन समस्यामा छन् भारतीय आरएसएस नियन्त्रणमा रहेको नरेन्द्र मोदी सरकारले अमेरिकीहरूसँगको सहकार्यमा चीन घेर्ने अमेरिकी रणनीतिमा सामेल हुनुको परिणाम अहिले चीन आवश्यक परे सन १९६२ मा नेहरूसँग युद्ध लडेजस्तै भिडने मनस्थितिमै चीनले नयाँ नक्सा जारिगरेको देखिन्छ । नेटोमा सामेल भएर दक्षिण एशिया नयाँ युक्रेन बन्न कुनै पनि देश सक्तैनन् तर अमेरिकीहरूले रुस वरिपरिका रास्ट्रहरूलाइ नेटोमा सामेल गरेर रुस÷युक्रेन युद्ध निम्त्याएजस्तै दक्षिण एशियाली सार्क राष्ट्रहरूलाइ भारतीय आडमा अघोषितरूपमा नेटोमा सामेल गर्न चाहन्छन् । त्यसकारण चीनले भारतलाई नयाँ नक्सा जारिगरेर चेतावनी मात्रै दिएको छैन सन् १९६२ को भारत÷चीन युद्धपछि चीनले आफ्नो भुमिमा समेटेको अरुणाञ्चलको विशाल भुमिको पनि सम्झना गराएको छ । शितयुद्धकालिन समयदेखि दक्षिण एशियाली देशहरू असम्लग्न थिए । तथापि भारतको दोहोरो चरित्रले जसरी सन् १९६२ को भारत ÷चीन युद्ध भयो नरेन्द्र मोदि यदि आरएसएस जस्तो सिआइए मिसनको अतिवादमा हिडेभने नेहरूले जस्तै हविगत भोग्नुपर्नेछ । नव अनुदारवादी दर्शनबाट प्रभावित अमेरिकाले दक्षिण एशियामा अफगानिस्तानमा विध्वंसकारी हिसा मच्चायो र यस्तै हिंसा इराकमा मच्चायो । यी दुबै युद्धमा अपमानजनक पराजय भोगिसकेको छ । नेपालमा सेना हातलिएर अफगानिस्तानमा राजा जाहिर शाहलाई लखेटेजस्तै नेपालको सेना हातलिएर बिरेन्द्रको हत्या ग¥यो । ज्ञानेन्द्रलाइ हत्यारो सेनाको घेराभित्रबाट प्रयोग गर्न खोजिँदैछ । यो नेपाललाई नयाँ युक्रेन बनाउने योजनामा भारतको सहयोग रहेको विषयमा चीनियाहरू अनविज्ञ नहोलान् । अहिले चीनले सिमाना मिच्यो भन्नेहरू यिनै बिरेन्द्रको हत्या गर्ने इन्डो÷सिआइए मिसनका सिभिल सेनाहरू हुन् चाहेती वालेन शाह हुन् या अन्य । यसकारण चीनले जारी गरेको नयाँ नक्सा मजाग होईन । अमेरिकी कितामा बसेर नवनाजिवादी जेलेन्स्की मोडेलको राष्ट्रवाद अब धुजा–धुजा भैसकेको छ । चीनको नयाँनक्सा र त्यसको दीर्घकालीन प्रभाव हेर्ने हो भने नेपालले विशाल नेपाल फिर्ता गर्न असम्भव देखिँदैन । अमेरिकी र नेटोका नाजिवादी सिभिल सेनाहरू भारत र चीन मिलेर नेपाल खान्छन् भन्ने अर्को प्रपोगण्डा पनि गरिरहेका छन् । यसप्रकारका रेबिज लागेका स्यालहरूलाई हेक्का रहोस् २०१९ सालमा नेहरूले नेपालमाथि गिद्देदृष्टि लगाएपछि चिनिया रक्षामन्त्री मार्शल चेङ यी नेपाल आएरै थ्रेट दिएका थिए ।

जेलेन्स्की मिशनमा एनजीओ
सन् १९९० को सोभियत सङघको विघटनपछि जसरी युक्रेनमा अमेरिकी आइएनजिओ भित्रिए त्यहीँ समयमै नेपालमा कथित बहुदलीय ब्यवस्था भित्रिएपछि त्यसैगरि अमेरिकी गैरसरकारी संस्था भित्रिए । चर्चित लेखक कार्लबर्नस्टिनको रिपोर्ट अनुसार युक्रेनको मिडियामा सिआइएको घुसपैठ नेपालमा जस्तै बाक्लो छ । युक्रेनमा पियर ओमिदयारले खोलेको संठन युएस सेन्टर र त्यससँग आबद्ध ४० भन्दा बढी आइएनजिओ मार्फत नवनागरिक अभियान चलाइएको थियो । नेपालमा एफइएस, जर्मन, डेनिडा डेनमार्क, एक्सन एड बेलायत, युएसएड अमेरिका, लगायत सयौं आइएनजो छन । यहाँका पत्रकार, लेखक बुद्धिजीवी, प्रकाशक अपवाद बाहेक यस्तै आइएनजिओसँग जोडिएका छन् । फाइनान्सियल टाइम्समा लेखिए अनुसार यी आइएनजिओहरूले अमेरिकी एजेन्टहरूलाई उठाउने प्रपोगण्डा गर्ने गर्दछन् । बिपि कोइरालाको बाइबलिय यौनसाहित्यलाई प्रदीप गिरि जस्तालाई महान भनेर प्रपोगण्डा गर्नेहरू यस्तै अमेरिकी नेटोका रेबिज बुद्धिजीवी, पत्रकार, लेखक, प्राध्यापक प्रकाशकहरू हुन् । सोभियत संघबाट प्रकाशित किभपोस्टका अनुसार युक्रेनमा नाजिवादी सताको प्रपोगण्डाका लागि सन २०१२ मा ५ करोड डलर खर्च गरिएको थियोे । यश मध्ये ५४% रकम प्याकइन्क नामक परियोजना मार्फत पाएको थियोे । यश परियोजनालाई अन्तर्राष्ट्रिय बिकासका लागि अमेरिकी एजेन्सी युएसएडले खर्च दिन्छ । यसका मुख्य दाता खर्बपती जर्जसोरोस पनि हुन् । अर्को दाता लोकतन्त्रको लागि अनुदान नेड हो । यसको खर्च अमेरिकी संसदले गर्दछ । नेपालका मिडिया, प्रकाशक, पत्रकारहरूमा जर्ज सोरोसको ठूलो लगानी छ । नेटोका सिभिल रेबिज भुस्याहा कुकुरहरू जस्तै लोकतन्त्र फलाकन लगाउने त्यस्तै प्रकारका बौद्धिक बेश्याहरू उत्पादन गर्ने कार्य नेपालमा पनि गरिरहेका छन् । रुसको सिमानामा युक्रेनजस्तै चीनको सिमानामा नेपाललाई नयाँ युक्रेन बनाउन क्रियाशिल छन् । जसरी युक्रेनमा युएस सेन्टर लगायतका आइएनजिओको घोषित उद्देश्य युक्रेनलाई रुसबाट अलग गर्नु हो नेपालमा चीनबाट अलग गर्ने उद्देश्य रहेको छ । एमसिसि र एसपिपि त्यसैका पार्ट हुन् । तर लिबिया, इरान, टर्कीबाट हात धुँदै आएको अमेरिकामा आज आधा सैनिकले आत्महत्याको बाटो रोज्दै गएको अवस्था हेर्दा यसको पतन नजिकै देखिन्छ । त्यतिबेला सिआइएका नेपाली रेबिजहरू लुक्ने स्थान पनि हुनेछैन ।


सम्बन्धित समाचार