Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबी सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्डअन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम बैंकले वैकल्पिक ऊर्जाका क्षेत्रमा लगानी विस्तार गर्नेछ ।
बैंकको यो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ । विगतदेखि नै बैंकले वातावरण प्रदूषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको जनाएको छ । यो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको जनाईएको छ ।
सम्झौतामा बैंक प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता सेवा बैंकको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था मिलाएको छ ।


सम्बन्धित समाचार