Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साँगठनिक संरचना सुधार्दै बढुवा जामामा भएको समस्या हटाउन भएको पहलबाट सशस्त्र प्रहरीको तल्लो तहदेखि एसएसपीसम्म ६ हजार ६ सय ७३ जना बढुवा भएका छन् । सशस्त्र प्रहरीको इतिहासमा यसै पटक ठूलो संख्याले बढुवा अवसर प्राप्त गरेकोछ । जहाँ दलीय हस्तक्षेपले ठाउँ पाएन । फौजी समूहलाई उसकै ऐन नियमभित्र रहेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको उपप्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फौजको मर्म, औचित्यलाई नजिकबाट बुझ्न सकेको कारण प्रहरी र सशस्त्रमा बढुवा र सरुवामा विवाद भएन । यस पटक सशस्त्रमा एकै पटक ५६ जना डिएसपी एसपी भएका छन् । यो टोलीमा २०६० मा निरीक्षक पदमा प्रवेश भएका थिए ।
संरचनात्मक परिवर्तनले जुराएको यो अवसर हो । यस्तो कार्यले व्यक्तिमा निराशा हटाउँछ र संगठनप्रतिको जिम्मेवारी बढाउँछ । आईजीपी राजु अर्याल एआईजी नारायणदत्त पौडेल एकै ब्याचका एकै पटक डिआईजी, एआईजी भएका कारण पनि तीनको ध्यान आफू भइयो अरु जे सुकै होस् भन्ने तर्फ गएन । यिनले संस्थालाई केन्द्रमा राखेका कारण पछिल्ला एआईजीद्वय चन्दप्रकाश गौतम, वंशी दाहाल समेत अगुवाको बाटोमा लाग्न सफल भएका हुन् । माओवादी नेतृत्वले गृह मन्त्रालय चलाउँदा कहिल्यै पनि व्यक्ति केन्द्रीत भएन । त्यही ठाउँमा काँग्रेस र एमालेका नेता थिए भने ब्रिफकेशले ठाउँ पाउँथ्यो । त्यसले संगठनको अनुशासन र चेन अफ कमाण्ड कमजोर बनाउँथ्यो । जवानदेखि एसपीसम्मको समस्या एकै पटक समाधान हुने सहज बाटो भनेको नयाँ ओएण्डएम नै हो । त्यसका लागि आईजीपी अर्याल फुली लगाएदेखिनै पहल गरे बरु मेरो पदको अवधि घटोस् संगठन संरचना राम्रो, चुस्त, कामयाबी होस् भन्न उनी अग्रसर भए । राज्यमा संकटका बेला गठन भएको संगठनको संख्या उसले पाएको जिम्मेवारीअनुसार ४३ हजार भन्दा बढी आवश्यक छ । तर सरकारले आर्थिक संकट देखाएर दरबन्दी थपेको छैन काम भने थपेको छ । सीमा सुरक्षा, भिआईपी सुरक्षा, कुटनीतिक नियोग सुरक्षामा केन्द्रीत यो शक्ति अनुसन्धानमा समेत लाग्न पाएको छ । दैवी प्रकोप उद्दारको क्षेत्र छुट्टै छ । अहिले सशस्त्रमा त्यहाँ डिएसपी ४४८, निरीक्षक ११४९, वरिष्ठ सई १०६ हवल्दार ५४२३, सहायक हवल्दार ८१७७ पु¥याइएको छ । तल्लो तहको बढुवामा संख्या पनि थप भएको छ । आफूले राज्यबाट प्राप्त गरेको जिम्मेवारी गर्दा विभागीय नेतृत्व लिएकाहरूको लागि समेत सम्मान हुन्छ । सीमामा यसको उपस्थितिले भारतबाट पीडित भएकाहरूले राहत पाउन थालेका छन् । नयाँ ओएण्डएमपछि त्यहाँ साधारण समूह, उपसमूहतर्फ १२ एसएसपी, ५६ एसपी, ८४ डिएसपी, ७३ निरीक्षक, ५० वरिष्ठ सई, १४३ सई, ८२ असई, १९८ वरिष्ठ हवल्दार बढुवा भएका हुन् ।
सशस्त्रको संरचनामा एआईजीको एक दरबन्दी थपका लागि सरकारसँग माग भएको छ । पहिले पनि प्रशासन र कार्य विभाग मात्र थियो । जब सीमा सुरक्षा विभाग थप भयो एक एआईजी थप भयो । थप भएको दरबन्दीमा वरिष्ठताका नाताले वंशी दाहाल एआईजी भएका हुन् । अब सशस्त्रको प्रशिक्षण प्रतिष्ठानमा एआईजीको खाँचो छ । प्रतिष्ठान अन्तर्गतको अस्पतालमा पनि डिआईजी, प्रतिष्ठानमा पनि डिआईजी कसले कसको आदेश मान्ने ? राज्य सञ्चालकहरूका लागि जस्तै आर्थिक संकट भए पनि बजेट पुग्ने सशस्त्रलाई बजेट नहुने कार्यक्षेत्र थप्ने दरबन्दी नदिने लोकतन्त्रको अभ्यास कस्तो हो ? जबकि नेपाल प्रहरीमा एआईजी दरबन्दीबाट अस्पताल चलाइएको छ । एकै प्रकारका फौजमा कसैको झण्डै लाख संख्या त्यतिनै कमाण्ड पद सशस्त्रको प्रतिष्ठानमा एआईजी नहुने न्यायोचित हुन्न ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल