Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मंगलबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ र बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ कायम थियो।
यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४१.८६ रहँदा बिक्री दर १४२.५० रुपैयाँ तय भएको छ। सोमबार १ युरोपियन युरोको खरिद दर १४१.५२ र बिक्री दर १४२.१६ रुपैयाँ थियो।
यसैगरी, १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर आज १६४.९० रुपैयाँ र बिक्री दर १६५.६४ रुपैयाँ रहेको छ। सोमबार १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६४.५५ रुपैयाँ र बिक्री दर १६५.३० रुपैयाँ थियो।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल