Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आमा बन्दैछिन रेखा

नायिका रेखा थापाले मंगलबार ट्विटरमा आफ्ना श्रीमान् बलराम शाहीसँगको एक तस्वीर राख्दै लेखिन्–‘भविष्य पनि गजबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’ रेखाले यहाँ कस्तो भविष्यको कुरा गरेकी होलान् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, नेपाल फिल्म क्षेत्रमा कुनै समय एक छत्र राज गरेकी यी नायिकाले आफू आमा बन्न लागेको खबर घुमाउरो तरिकाले आफ्ना शुभचिन्तकहरु माझ शेयर गरेकी छिन् । गतबर्ष प्रेमी बलराम शाही ठकुरीसँग बैबाहिक जीवनमा बाँधिएकी रेखा आमा बन्ने तयारीमा छिन् । विशेष श्रोतका अनुसार, रेखाको पेटमा ५ महिनाका सन्तान हुर्किदैछन् । रेखाले, श्रीमान्सँगको तस्वीर शेयर गर्दै सन्तान आवागमनको प्रतीक्षा गर्दै खुशी साटेकी हुन् । रेखाले फिल्म ‘उपहार’को छायांकन पनि गरिरहेकी छिन् । रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरुको छायांकन पहिले गरिरहेका छन् । यसैले, रेखा फिल्मको छायांकन सुरु भएपछि एक दिन पनि खाली नबसी निरन्तर काम गरिरहेकी छिन् । फिल्मको छायांकन सकेपछि रेखाले पूर्ण रुपमा आराम गर्नेछिन् । केही दिन अगाडि चलचित्र विकास बोर्डले संविधान दिवसको उपलक्ष्यमा आयोजना गरेको सम्मान कार्यक्रममा पनि रेखा पुगेकी थिइनन् । रेखाले बढ्दै गरेको पेट मिडियाबाट लुकाउन खोजेको वुझिएको छ । संभवत, यो बर्ष रेखाका लागि दुई वटा खुशी मिल्नेछ । किनकी, एक त उनी आमा बन्ने तयारीमा छिन् । यसैबर्ष, सन्तानलाई जन्म दिने भएकाले पनि रेखाको जीवनमा सबैभन्दा ठूलो खुशी मिल्नेछ । अर्कोतिर, रेखाले निर्माण तथा अभिनय गरेको फिल्म ‘उपहार’ पनि यसैबर्ष रिलिज हुँदैछ । यसैले, रेखाका लागि यसपटक दोहोरो खुशी मिल्नेछ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल