Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डाक्टरसाबहरु फर्किए अस्पताल

काठमाडौँ । सुरक्षाको प्रत्याभूति नभएपछि सडकमा आएका चिकित्सकहरु अस्पताल फर्किने भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकसहितका स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार साँझ भएको वार्तामा सहमति भएको गृह मन्त्रालयले जनाएको छ । दुई पक्षबीचको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा। दिपेन्द्ररमण सिंह र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । दुई पक्षबीच ५ घण्टा लामो वार्ता भएको थियो । पोखराको मणिपाल अस्पताल, लमजुङ अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोधमा देशभरका स्वास्थ्यकर्मी ५ दिनदेखि आन्दोलनमा थिए । उनीहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्दै आन्दोलनमा सहभागिता जनाएका थिए । उनीहरुले दोषीलाई कारबाही र स्वास्थ्यकर्मी सुरक्षाको सुनिश्चितता हुने माग अघि सारेका थिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सहमति सरकार र आन्दोलनरत पक्षबीच भएको छ । मणिपाल लगायत स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारले प्रतिबद्धता जनाएको छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने सहमतिपत्रमा उल्लेख छ । सोही ऐनबमोजिम दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ । ऐन संशोधन गर्न एक साताभित्र स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने भएको छ । स्वास्थ्यकर्मीहरुले कुटपिटमा संलग्न व्यक्तिलाई कम्तीमा ३ वर्ष जेल सजाय हुनुपर्ने माग राखेका थिए । गृहमन्त्री श्रेष्ठले सम्झौता सम्झौताका लागिमात्र नभएर सरकारले कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल