Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादमा पर्न थाले राष्ट्रपति

काठमाण्डौ । देशको राष्ट्रपति छ, जिल्लामा गएर राजनीतिक भाषण गर्छन् । जहाँ रामचन्द्रले पाइलो टेक्छन् त्यहाँ सडक पिच हुन्छ । आफ्नो जन्मथलो रिस्ती गाविसको आफ्नै वडामा पिउने पानीको नियमिता वन्दोवस्त गर्न बजेट पार्न नसकेर कूल पूजामा जम्मा भएका दाजु भाई बन्धुवर्गले वारम्वार रामचन्द्रको नाउ लिने फर्कने गरेकै छन् । तर समयले प्रचण्डकै कारण राष्ट्रपति पद दिलाएको भए पनि माओवादीप्रति पूर्वाग्रही र दुष्ट व्यवहार प्रदर्शन यीनले अहिले पनि गरेका छन् । माओवादीले साथ दिँदैनथ्यो भने यी निर्वाचित हुने थिएनन् । आफ्नै पार्टीका गोविन्दराज जोशीमाथि पूर्वाग्रही व्यवहार गर्दा पोडेलको स्तर मापन भएकै हो । तनहुँले जवर्जस्त बोक्यो उनले गुण लगाएर होइन । पौडेल दमौलीमा बनेको सिटीहल उद्घाटन गर्न जिल्ला गए । उनले लिखित भाषण लगेका पनि थिए । तर मञ्च पाएपछि उनले पूरानै पारा प्रदर्शन गरी आफ्नो विगत देखाए । जुन कुरा उनको पदीय गरिमाले दिँदैन । राष्ट्रपतिले देशकै प्रतिनिधित्व गर्ने हो । तर रामचन्द्रले तनहुँमा सडक कालोपत्रे गर्ने वचन दिएर फर्के । उनका राजनीतिक सल्लाहाकार सुनिल थापा पनि दङ्ग परे काँग्रेसका युवा नेता शंकर भण्डारी दंग नपर्ने कुरै भएन् । विकास निर्माणका कुरामा सक्रिय सांसद शंकर भण्डारी राष्ट्रपतिबाट जिल्लाको विकासमा देखाईएको चासोवारे बोल्दैनन् । तर राष्ट्रपतिको गरिमा पौडेल आफैले राख्नु पथ्र्यो भन्न पनि सक्दैनन् । पौडेललाई सांसद बनाउन यीनले निर्वाचन क्षेत्र फेर्नु परेको हो ।

सडक पिच, खानेपानी, सिचाइ, स्वास्थ्य र शिक्षा नै विकासका पूर्वाधार हुन् । रामचन्द्र पौडेल यस्तै विषय उठाएर सांसद, सभामुख, उपप्रम, मन्त्री, सांसद, काँग्रेसका वरिष्ठ नेता समेत वने । उनैलाई दमौलीमा निशुल्क घडेरी दिने अम्मरराज कैनी घर बनाई दने अभिमन्यू श्रेष्ठ, विर्षराज श्रेष्ठजस्ता शुभेच्छुकहरूलाई सम्झेकी बिर्से ? किनकी उनी पनि पदमा पुग्दा होस वा पार्टीमा हस्ती वन्दा आफन्त र नातामुखी भएको स्मरण विगत हेर्दा हुन्छ । यस पटक उनले काँग्रेसी सिफारिसमा नेपालगंजमा ज्यान मुद्धाका अपराधी ठहर भएका कार्यकर्ताको जेल मिनाह गराए । त्यही प्रकृत्तिका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी छुटाउन राजनीति सहमति भयो । तर संविधान दिवसमा उस्तै प्रकृतिका माओवादी र एमाले जेल मुक्त गर्न सिफारिस गरेका ३४ जनाको हकमा राष्ट्रपति मार्फत गृहलाई स्पष्ट गर्न भनियो । नेपालगञ्ज काण्डका काँग्रेसी कार्यकर्तालाई ८ वर्ष मै छाडन राष्ट्रपतिबाट सहमति दिलाईयो । राष्ट्रपति पौडेल यहाँ राजनीति रूपमा फसेका छन् । अव उनी फस्दै जानेछन् । उपचार खर्च वारेमा विवाद उनैले निकाले ।
तनहुँका काँग्रेसलाई रामचन्द्र राष्ट्रपति बन्नु दोवाटे कामी प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्नु कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुको गौरव थिएन र छैन् । राष्ट्रपति बन्ने उनको रहर पुरा भयो । त्यसका लागि पौडेलले शेरबहादुर देउवालाई चौधौ महाधिवेशनमा सघाएका थिए । देउवालाई सभापति वन्न दोस्रो चरणमा नदिने कुरा गर्ने विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोईरालाहरूले रामचन्द्रलाई सभापतिमा सघाएका थिए भने पौडेल पार्टीमा घुम्थे । उनको भाग्य तीनैले खुलाए जो देउवाको विरोधी वनेर सभापति पदको उम्मेदवार भए । तर ५१ प्रतिशत मत पु¥याउन निधि र सिंहले देउवाकै सामु पसारो परेकै कारण डा. शेखरले चुनाव हारे देउवालाई सघाउन उम्मेदवार नवनेका रामचन्द्रको राष्ट्रपति बन्ने बाटो खुुल्यो । उनी अत्यन्त पूर्वाग्रही र संकुचित छन भन्ने कुरा उनकै गतिविधिले प्रष्ट पार्छन् । डा. रामवरण यादव राष्ट्रपति भए उनको राज्य दोहन शैलीले उनीप्रति अहिले जनमोह छैन् । अहिले रामचन्द्र पौडेलको ताल र स्वभाव लगभग यादवकै जस्तो छ । यो स्वभाव भनेको वदनामी कमाउने हो ।

जस अपजसको भागी सरकार
गम्भीर अपराधमा जेल सजयाँ भोगिरहेका व्यक्तिलाई कैद माफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा कैद मिनाहा गरिएको विषयमा ध्यानाकर्षण गराउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गरे । उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । संविधान दिवसका दिन माफी पाउनेमा तरुण दलका पूर्वनेता रिगल भनिने योगराज ढकालसमेत छन् । बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा अदालतबाट उनले जन्मकैदको सजाय पाएका थिए । ढकाललाई माफी दिएकोमा मानन्धरका परिवारले पनि सरकार र राष्ट्रपतिमाथि प्रश्न उठाएका छन् । रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले सरकारको ध्यानाकर्षण गराईदिनका लागि आग्रह गर्न राष्ट्रपति समक्ष आएको बताएका थिए ।

संसदीय समितिले गृहमन्त्रीलाई बोलाउने
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा दिएको कैद माफी मिनाहाका गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ । समितिको सोमबार बसेको बैठकले संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट दिएको कैद माफी मिनाहाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो । समिति सभापति विमला सुवेदीले गृहमन्त्रीको समय हेरेर समितिमा बोलाइने बताइन् । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाउनेमा जघन्य अपराधमा कैद भोगिरहेका व्यक्ति पनि परेपछि विरोध भइरहेको छ ।


सम्बन्धित समाचार