Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई खर्ब नाघ्यो सरकारी खर्च

काठमाडौं । सरकारी खर्च २ खर्ब नाघेको छ । चालु वर्षको २ महिना १८ दिनमा सरकारले २ खर्ब २ अर्ब खर्च गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले चालु शीर्षकमा १ खर्ब ५३ अर्ब खर्चिएको छ । यस्तै विकास खर्च ११ अर्ब १८ करोड मात्रै खर्च भएको छ । यो शीर्षकमा ३ खर्ब २ अर्ब खर्च गर्ने तयारी सरकारको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ३७ अर्ब ४२ करोड खर्च भएको छ ।
यो अवधिमा सरकारको आम्दानी भन्दा खर्च ८ अर्बले बढी छ । सरकारले आन्तरिक र भन्सार महसुल गरी १ खर्ब ६३ अर्ब राजस्व संकलन गरेको छ। यस्तै गैरकर शीर्षकमा १४ अर्ब ५१ करोड संकलन हुदाँ अन्य शीर्षकमा १४ अर्ब ४३ करोड प्राप्ति गरेको छ ।
अर्थ मन्त्रालयले आफ्नो दायित्वलाई भने अस्वीकार गरेको छ। निर्माण व्यवसायी भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका छन्। उनीहरुले आफ्नो भुक्तानी दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत गुहार मागिरहेका छन् ।
यस्तै अर्थ मन्त्रालय जमानी बसेर गरेको कोरोना बीमाको भुक्तानी दिन पनि मन्त्रालय अनइच्छुक देखिएको छ । कोरोना बीमाको दाबी भु्क्तानीका लागि सरकारलाई ११ अर्ब दायित्व बाकी रहेको छ । राजस्व उठ्ने समयमै आम्दानीबाट खर्च धान्न नसकेपछि सरकारले धमाधम आन्तरिक ऋण उठाइरहेको छ ।
आर्थिक गतिविधि चलायमान बनाउन अर्थमन्त्रालय पूर्णरुपमा असफल देखिदैं आएको छ ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल