Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिन्दू–बौद्ध धर्मावलम्बीका साझा देवता

 

  • मोहन लामा

वास्तवमा गार्गी र बेदव्यासबाहेक कोही पनि लेखक होइनन् । तथापि पश्चिमा ज्ञान प्रणालीले लेखकको रुपमा व्यक्तिहरूलाई अगाडि सार्ने विश्वव्यापी प्रचलनको प्रभाव नेपालमा पनि छ । यसकारण कुनै पनि पुस्तक प्रस्तोताको रुपमा मात्रै प्रकाशित भएको बुझ्नु पर्दछ । कुनै पनि पुस्तकहरू बिना उद्देश्य प्रस्तुत हुँदैनन् । प्रस्तोता अर्जुन ज्ञवालीले आफू लेखक नभएर प्रस्तोता भएको कुरा आफ्नो पुस्तकको भूमिकामा उल्लेख गर्नुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको पुस्तकको उदेश्य तत्कालीन होइन दीर्घकालीन छ । नाशवान शरीर र नामसँग मेरो सरोकार छैन । जन्मदा नाम थिएन ११ दिनपछि राखिएको नाम हो । मृत्युुपछि यो शरीर र नाम त्यहीँ भस्म हुन्छ । महाभारतमा जिते युधिष्ठिर राजा हुने हारे दुर्योधन तर लडाइँको कमाण्ड अर्जुनले गर्नुभएको थियोे त्यो कर्म थियोे । फलको लागि गरिएको थिएन । कुनै पुरस्कार मान सम्मानको लागि पुस्तक प्रस्तोताको रूपमा लेख्नेहरूले यथार्थ कुरा राख्न सक्दैनन् । खप्तडबाबा र योगि नरहरिनाथले पुरस्कार सम्मान लिनेहरूले वास्तविक बिचार दिन सक्तैनन् भन्नुभएको छ । यसकारण पुरस्कार या सम्मानका लागि लेखिएको होईन । अहिले पश्चिमा मिसनरी चर्च, हिन्दू र बौद्ध ३ वटै आवरणमा क्रियाशिल छन् । सभ्यतामा नेपाल संसारकै सबैभन्दा ठूलो देश हो, तथापि क्षेत्रफल र जनसंख्याको दृष्टिकोणले यो सानो देखिनसक्छ । संसारकै ठूलो राष्ट्र किन हो भने यो हिन्दू, बौद्ध धर्म सभ्यताको केन्द्र हो । संसारमा सबैभन्दा धेरै हिन्दू, बौद्ध धर्मावलम्बीहरू छन् । पश्चिमाहरू अहिले विशेषत हिन्दू, बौद्धमा धर्मावलम्बीहरूमा विभाजन ल्याउन ठूलो लगानी लगाइ रहेका छन् । यता तिब्बती कथित धर्मगुरु दलाई लामाले कृष्ण र क्राइष्ट उस्तै हुन् भनेर बौद्ध धर्मावलम्बीहरूलाई विस्तारै सोलो पोइजनको रुपमा इसाई मिशनरीकरण गर्ने योजनाअनुरुप अभिव्यक्ति दिइरहेका छन् । दलाई लामाको अन्तरधार्मिक विमर्श पुस्तक हिन्दू आवरणमा स्कोनले त्रिदेव ब्रम्हा, विष्णु, महेश्वरमा भेद देखाएर विष्णुलाई मात्रै ठूलो जस्तो देखाउँदै कृष्ण र क्राइष्ट उस्तै हुन् भनेर गीताको आवरणमा बाइबलको खेती गरिरहेको छ । इस्कोन, राधे राधे, कृष्णप्रणामि आदि मार्फत हिन्दूहरूको त्रिदेव ब्रह्ममा, विष्णु र महेश्वरमा भेद सृजना गरेर पश्चिमकै मिसनरिको काम गरिरहेका छन् । यो अवस्थामा भगवान शिव अवतार मत्स्येन्द्रनाथ बौद्ध धर्मावलम्बीहरूका आर्यअवलोकेतेश्वर गुरु गोरखनाथका गुरु हुनुहुन्छ । नेपाल सन्दर्भमा मत्स्येन्द्रनाथको आफ्नै महिमा छ । मत्स्येन्द्रनाथको रथयात्रा लिच्छवि राजा नरेन्द्रदेवको समयदेखी नेपालमा चलिरहेको छ । नेपालको आफ्नै मौलिकता छ । आफ्नै धर्म सस्कृती छ । यो पशुपतिनाथ, मत्स्येन्द्रनाथ, बौद्धनाथ, मुक्तिनाथ, चन्दननाथ, भैरवनाथ, भगवन्तनाथ, नरहरिनाथ नाथहरूको भुमि हो । देबि मनकामना, महाकाली, पाथिभरा, पलान्चोक, भवानी आदि ६४ योगिनिहरूको भुमिहो । मत्स्येन्द्रनाथ भगवान शिव अवतार हिन्दू बौद्ध दुबैका पुजनिय हुनुहुन्छ । उहाँले संसारभरिका हिन्दू र बौद्धहरूलाइ समन्वय गर्नु भएको छ । मत्स्येन्द्रनाथ सम्बन्धि बजारमा पुस्तकको अभाव रहेकोे अवस्थामा यो पुस्तक तयार गरिएको देखिन्छ । पुस्तक तयार गर्ने क्रममा प्रस्तोता अर्जुन ज्ञवालीले कुलचन्द्र कोइरालाका पुत्र स्व. जिबनचन्द्र कोइराला, सिहनाथ योगि डा. कृष्णचन्द्र शर्मा, पेशल कुमार निरौला, एम.पि. खरेलको सहयोग लिएको कुरा उल्लेख गर्नुभएको छ । यसरी लेखकले पुस्तक प्रस्तोताका रुपमा अपाm्नो नाम उल्लेख भए पनि सहयोगीहरूको भूमिकालाई बिर्सनुभएको छैन । हिन्दू र बौद्ध फरक देखाउन मिसनरी मिसनमा लागेकाहरूलाइ यो पुस्तक जवाफ हो । त्यतिमात्रै होइन यो इतिहास पनि हो । पुस्तक बौद्ध धर्मावलम्बीहरूका आर्याअवलोकेतेश्वर हिन्दूहरूका भगवान शिवअवतार मत्स्येन्द्रनाथ सम्बन्धि भएकोले सबैले आफ्नो माटोको इतिहास स्मरण गरौं । पुस्तक बजारमा आएको छ । ९८५१०७८५१८ मा सम्पर्क गरेर नजिकको पुस्तक पसल या अनलाइन सेवा मार्फत प्राप्त गर्न सक्नुहुनेछ । यसमा भाषाको दृष्टिकोणबाट हेर्दा योगि नरहरिनाथले प्रयोग गर्नुभएको शब्दकोष प्रयोग गरेकोले अहिलेको प्रज्ञाप्रतिष्ठानको क्रिप्टो हिन्दू शब्दकोषसँग मेल खाँदैन । इतिहास शासकको मात्रै होइन र शासक विरुद्ध लेखिएको मात्रैपनि इतिहास होइन । आफ्नो माटो, आफ्नो सस्कृती, आफ्नो कुलको पनि इतिहास हुन्छ ।


सम्बन्धित समाचार