Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २३.१६ अंकको गिरावट, सवा अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.१६ अंकले घटेको छ । १.२३ प्रतिशतले बजार घट्दा नेप्से १८५१.४३ अंकमा ओर्लिएको छ ।
आज २८४ कम्पनीका ४८ लाख ३७ हजार ८ सय ९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७०.९६ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घट्दा आज सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरुले ७.८७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै चार कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी घाटा व्यहारेका छन् । सयपत्री हाइड्रो, हाथवे इन्भेन्टमेन्ट, नबिल ब्यालेन्स्ड फण्ड २ र मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.३१ र ९.०६ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ३४ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य घटेको छ ।
आज प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । ६ करोड २४ लाख ७६ हजार ८ सय ९३ रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो । सबैभन्दा बढी शेयर किनबेच हुने ५ कम्पनीमा हाथवे, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र एनआईसी एशिया बैंक छन् ।
साताको पहिलो दिन हिजो आइतबार दशैंको घटस्थापनाको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।