Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अध्ययनले गहुँको जुसमा अत्याधिक औषधीय तत्व हुने गरेको पत्ता लागेको छ । यसलाई सजिलै बनाउन सकिन्छ, धेरै खर्च पनि लाग्दैन, बनाउन समय पनि लाग्दैन । यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्छ । यो हो, गहुँ को जमराको जुस । हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई प्रकृतिको अनमोल देन मानिन्छ ।
किनभने यो अमीनो एसिड, इन्जाइम, भिटामिन र प्रोटिनको राम्रो स्रोत हो । यी पोषक तत्वले शरीरको मृत्त कोशिकालाई पूनर्जीवन दिन्छ र पीएच लेभल सन्तुलित राख्छ । भेज वा ननभेज खानुभन्दा बढी गुणकारी एवं फाइदाजनक हुन्छ, गहुँ को जमराको जुस । यसले शरीरमा अक्सिजनको कमी पुरा गरेर शक्ति प्रदान गर्छ । यसले कमजोर हटाउँछ । शरीरको उर्जा बढाउँछ ।
के पाइन्छ गहुँको जमरामा
जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।
के छ त यसको फाइदा
छालालाई जवान राख्ने – छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँ को जमराको जुस एकदमै प्रभावकारी हुन्छ । किनभने यसमा प्राकृतिक न्यूट्रिशन र एन्टि अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।
केसलाई कालो र स्वस्थ्य बनाउँछ
समय नपुगी कतिको केस फुल्ने गर्छ । हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी तमाम समस्या हट्छ ।
होमोग्लोबिन बढाउँछ
गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।
ब्लड शुगर नियन्त्रण गर्छ
मधुमेह नियन्त्रणका लागि पनि गहुँ को जमराको रस पिउनुपर्छ । यसले रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्छ ।
क्यान्सरको उपचार
गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।
कब्जियतको उपचार
कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।
कसरी बनाउने गहुँको जमराको जुस
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस रु
१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।
२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।
कहिले पिउने
यो जुस पिउनका लागि कुनै निश्चित समय हुँदैन । तर, यो जुस पिउनुभन्दा आधा घण्टा अघि वा पछिखानपिन गर्नु हुँदैन ।
बिहान खाली पेटमा गहुँ को जमराको जुस पिउनु बढी फाइदाजनक हुन्छ ।
कति पिउने
यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।
सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।
कसरी उमार्ने गहुँको जमरा
अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।
सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।
एक हप्तासम्म एक(एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।
सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।
खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नुहोस् ।
गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।
अन्य लाभ
पोलेको वा काटेको घाउमा गहुँ को जमराले औषधीको काम गर्छ ।
गलाको कुनैपनि इन्फेक्सन क मगर्न यो उपयोगी हुन्छ ।
उच्च रक्तचापका रोगीहरुले नियमिन रुपमा जौको जमराको जुस पिउनुपर्छ ।
यसले मोटोपन नियन्त्रण गर्न पनि सहयोग गर्छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल