Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्गा प्रसाईं घरमै नजरबन्द, प्रचण्ड र ओलीको घर घेर्ने घोषणा

काठमाडौं। नागरिक बचाउ अभियानका अभियन्ता मेडिकल व्यवसायी दुर्गां प्रसाईंको तीनकुने क्षेत्रमा पूर्वनिर्धारित कायक्रम नगर्न काठमाडौं प्रशासनले रोक लगाएको छ । उनको पक्षधर केही युवाहरुलाई प्रहरीले पक्राउ गर्दै प्रसाईंलाई समेत भक्तपुरस्थित उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी वसन्त पाठकले प्रसाईंको सुरक्षाका लागि प्रहरी निवासमा तैनाथ गरिएको बताए। प्रवक्ता पाठकले भने, अहिले उहाँको निवासमा प्रहरी परिचालन मात्रै गरिएको हो । यो एक सातादेखिकै नियमित कार्य हो । तर नजरबन्दमा राखिएको छैन । प्रहरीलाई त्यस्तो निर्देशन पनि आएको छैन। उनको निवास वरपर प्रहरी सुरक्षाका लागि तैनाथ गरिएपनि नजरबन्दमा भने नराखिएको प्रवक्ता डिएसपी पाठकले जनाएका छन्। प्रसाईंको नागरिक बचाउ अभियानका सह प्रवक्ता राजानन्द माण्डब्यले निवासमा व्यापक प्रहरी तैनाथ गरिएको र बाहिर निस्कन नदिएको बताएका छन्। उनका अनुसार अहिले प्रसाईंको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईंलाई ‘माथीको आदेश’ भन्दै बाहिर निस्कन अनुमति दिएको छैन ।

प्रचण्ड र ओलीको घर घेर्ने घोषणा
मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन्। हिजोदेखि ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन्। ‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईंले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ।’ उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन्। ‘आज यो आन्दोलनमा तपाईंहरु आउनु भएन भने भोलि तपाईहरुको धनीपुर्जा पनि हुन्न।’ उनले पूर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको पनि बताएका छन्। भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएए। ‘म लहानमा हुँदा काठमाडौंको सिडियो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोलिदेखि तीनकुनेमा गर्छौं भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईंले भने। उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पूर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन्।


सम्बन्धित समाचार