Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जाकर्ता । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै अलजजिराले सोमबार जनाएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।
पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने, त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन । तीमध्ये तीनजना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।
आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको र कार तथा सडक भग्नावशेषले ढाकेको देखिएको छ । अलजजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो ।
मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार ८९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायरमा अवस्थित छ । यहाँ १२७ सक्रिय ज्वालामुखी छन् । रासस
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल