Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड हुन थालेको छ। सुनको भाउ सोमबार प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
प्रति तोला ८०० रुपैयाँले बढेपछि नयाँ रेकर्ड कायम भएको हो।
सुन आइतबार प्रति तोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको रेकर्ड सोमबार तोडिएको हो।
चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रति तोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस २०७२।१३ डलर पुगेको सुन अझ बढेर सोमबार २०८९।१ डलरमा कारोबार भइरहेको छ। यो एकै दिनमा १७।०६ डलरको बढोत्तरी हो।
चाँदी भने घटेको छ। आइतबार प्रति औंस २५।४७ डलर थियो। सोमबार २५।५ डलर छ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल