Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ अनमोल र प्रदीपको सम्बन्ध

नायक प्रदीप खड्का र अर्का नायक अनमोल केसीको सम्बन्धले फिल्म क्षेत्रमा सधैं नै तरंग पैदा गर्छ । कार्यक्रममा कहिलेकाही भेट्दा एक अर्कासँग अङ्कमाल गर्ने अनमोल र प्रदीप सार्वजनिक रुपमा भने कटाक्ष गर्न पछि पर्दैनन् । अझ, बेलाबखत अनमोललाई लिएर प्रदीपको कटाक्ष खुबै सुनिन्छ ।
फिल्म क्षेत्रमा एउटै स्थानमा उभिएकाले पनि यी दुई एक अर्कासँग शीतयुद्धमा छन् भन्ने तर्क सुन्ने गरिन्छ । तर, नायक प्रदीप खड्का यो कुरा मान्न तयार छैनन् । उनले, मिडिया कुराकानीमा आफू र अनमोलबिचको सम्बन्ध खराब नरहेको जिकिर गरे । अनमोल केसीले यदि फिल्म ‘बलिदान’मा काम गरे र आफूलाई उक्त फिल्मबाट एक सिनका लागि अफर आयो भने पनि आफू काम गर्न तयार रहेको उनको भनाई छ । प्रदीपले अनमोलसँग मिडियामा आए जस्तो खराब सम्बन्ध आफ्नो नरहेको बताए । यसो भन्दै गर्दा प्रदीपले अनमोल र आफ्नो बारेमा खबरहरू आइरहँदा रमाइलो भइरहेको तर्क गरे । नेपाली फिल्म क्षेत्रमा अनमोल र प्रदीपलाई कामको अभाव छैन । दुवै नायकलाई फिल्मको उच्च अफर छ, तर दुवै मिलाएर कम मात्र फिल्ममा काम गरिरहेका छन् । यस्तो अवस्थामा एक आपसमा दुश्मनी हुनुपर्ने कारण नरहेको प्रदीपको तर्क छ । प्रदीप खड्का र अनमोल केसीबीच भेटघाट निकै कम छ । अझ, प्रदीपले अनमोलका पिता भुवन केसीको विषयमा गरेको मिडियाबाजीले गर्दा पनि आम मानिसहरूलाई उनीहरूको सम्बन्ध खराब रहेको भान पर्ने गएको हो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल