Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेगा बैङ्क वित्तीय साक्षरता सिकाउँदै

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैङ्कले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैङ्क सुर्खेत शाखाका प्रबन्धक विक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैङ्कका बचत तथा कर्जा योजना, बैङ्कको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरी बैङ्किङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाली सेनाका विभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।