Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेस जस्तो लुटाहा र भष्मासुर पार्टीले बनाएको नेता कस्तो होला ? विमलेन्द्र निधि जस्तो भ्रष्टले विगारेको काम होस् वा रवि लामिछाने जस्तो लुटाहाले बिगारेको काम पनि तिनैले सपारे । नेपालको संविधानले दिएको अधिकारलाई लत्याउँदै नेपाली देवनागरि लिपिमाथि अन्याय गर्ने इम्बोस्ड नम्बर प्रणाली होस् वा विश्वबैङ्कसँग ऋण लिएर राष्ट्रिय परिचयपत्र छपाईका लागि फ्रान्सेली कम्पनी छनोट गर्ने प्रवृत्ति किन नहोस् । यी दुवै निर्णय राष्ट्रघाती थिए । दुवैलाई सच्याउने काम गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् । तर लुटतन्त्रबाट ग्रस्त नेपालको गणतन्त्रले इज्जत पाएन । रु ५ खर्व ४५ अर्ब ५५ करोड रुपैयाँमा यो देशका सवारी साधनमा इम्बोस्ड नम्बर राख्न स्वीकृत दिने डा. आरजु देउवा विमलेन्द्र निधि जस्ताले देशकै इज्जत बेच्दा बचाउने यिनै नारायणकाजी श्रेष्ठ थिए ।
विमलेन्द्र निधि भौतिक योजना मन्त्री भएकै बेला काठमाडौं निजगढ फास्ट ट्य्राक भारतीय कम्पनीलाई दिलाउन निकै कोशीस गरेका थिए । त्यो मात्र होइन यो गिरोहले टुकाटुर टाइगर कम्पनीको स्वार्थमा गरेका कामले नेपालको गोप्यता उदांगो बनाइँदै थियो । अमेरिकी र बंगलादेशी त्यो कम्पनीले डा. आरजु राणाको साथ र विमलेन्द्र निधिको सहयोग पाएको थियो । काँग्रेस, एमाले, माओवादीको विरोध गरेर एकाएक संसदमा प्रवेश गरेको आफैं मात्र शुद्ध ठान्ने ओलीका चेला रवि लामिछाने राष्ट्रिय परिचयपत्र विश्व बैङ्कको १६ अर्ब ऋणले फ्रान्सेली कम्पनीलाई टेण्डर बिना दिलाएको काम खोस्ने पनि नारायणकाजी नै हुन् । श्रेष्ठ शुरुमा भौतिक योजना मन्त्री भएका बेला ०७९ वैशाख २० गते मन्त्री परिषद्बाट निर्णय गराएर सवारी साधनमा नेपाली देवनागरी लिपि प्रयोग गर्ने निर्णय गराएका हुन् । उनले निर्णय त गराए तर राजपत्रमा प्रकाशन नभएका कारण डा. आरजु र भूषण राणाको समूह सलबलाउँदै गर्दा ०८० वैशाख १४ गते राजपत्रमा प्रकाशित भएपछि त्यो गिरोह थचक्कै भयो । भाषा मास्ने देशको अस्मिता कुल्चने देशघाती काँग्रेसमा धेरै छन् । यो समूहले रु २ सयको नम्बर प्लेट ६५०० सम्म लियो भने ३०० मा बन्ने प्लेट ७५०० समयमा सवारी साधनलाई भिडाएको थियो । अहिले इम्बोस्ट नम्बरकै जस्तै भाडाको प्राइवेट ट्याक्सीमा भुई पहेँलो अक्षर कालो राखिएको छ ।
डा. आरजुका दूतको रुपमा लिइने अर्थमन्त्री डा. प्रकाशरण महत, श्रीमती बिना महतको ध्यान कहाँ कहाँ छन् कुम्ल्याउने ठाउँको खोजी गर्दैछन् । लुकिछिपी मन्त्री परिषद्को निर्णय विपरित त्यही अमेरिकी र बंगलादेशी कम्पनी डकाटुर टाइठरको स्वार्थमा काम गर्न सक्रिय गिरोहको भण्डाफोर गर्नु जरुरी छ । विमलेन्द्र निधि र रवि लामिछाने जस्ता भष्मासुरहरूले थुपारेको भौतिक पूर्वाधार मन्त्रालय र गृहको फोहोर सफा गर्न सफल उपप्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठनै भ्रष्टहरूको प्रहारमा छन् । नबिराउनु, नडराउनु भन्छन् । श्रेष्ठले गल्ती नै गरेनन् भन्ने होइन । उनले प्रहरी र सशस्त्रलाई जुन ढंगले चलाएका छन् । यी दुवै संस्थाले सत्तारुढ दलको नाममा बरु काँग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु र देउवाको दबाव झेलेका छन् ।
काँग्रेस–एमाले नेताको खल्तीको संगठन जस्तो प्रहरीलाई उसैको नीति ऐनमा चल्न दिने भनेको लोभ लालच र घुसखोरीको ¥याल नचुहाउँदा पनि गृहमन्त्री श्रेष्ठका विरुद्ध काँग्रेसी लुटाहाहरू सक्रिय भएका छन् । देशको गोप्य सूचना विदेशीको पोल्टामा खन्याउन एक भएका काँग्रेस, एमाले र रवि लामिछानेहरूको चरित्र भनेको राष्ट्रघात हो । नक्कली नागरिकता, पासपोर्ट बोक्ने खरो सञ्चार उद्यमी बनेका लामिछानेका जोइपोइ नै सहकारी ठगी काण्डमा जोडिएका छन् । आफू खोलाको बगर र गिटी ढुुंगा व्यापारीसँग मासिक हजम गर्ने रविको अपराध फेरि छताछुल्ल हुँदैछ । यस्तो अपराधबाट बच्न तिनै रवि गृहमन्त्री नारायणकाजी श्रेष्ठको झापड खाएपछि संसदका समितिमा नांगिनु परेको पत्तो पाएनन् । गणतन्त्रको भण्डाफोर गर्ने यस्ता कलंकबाट दलहरू सतर्क कहिले होलान् ?
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल