Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले राम्रो काम गरेको छ । प्रधानमन्त्रीलाई विकासको हुटहुटीले छोएको छ । तर उनकै पालामा अपराधी जेलमुक्त हुन्छन् । देश चिनाउने राष्ट्रिय खेलाडीहरूलाई नियोजित रुपमा गलत मुद्दामा फसाउने गरिएको छ । डलरवादी नारी हितकारी समूहले एउटै व्यक्तिलाई उही प्रकृतिका फरक फरक काण्डमा फसाउँछ । त्यसले रोजगारी बढाउन दबाव दिँदैन । रोजगारी माग्दा जेल कोच्ने, गोली ठोक्ने धन्दामाा त्यो लाग्छ । गणतन्त्र लोकतन्त्रको मापदण्ड भनेकै देशमा भएका उद्योग बन्द गर्ने नेपाली श्रमिकलाई खाडी मुलुक पठाउने भारतीय श्रमिक भिœयाएर देशको श्रम शक्तिको आवश्यकता पूर्ति गर्ने राष्ट्रिय संकल्प सरकारको छ । सरकारको जस्तो छ एमालेको त्यस्तै छ ।
एमालेका केपी ओलीको पालादेखि राष्ट्रिय खेलाडी सन्दिप लामिछानेले कानुनी जालझेल व्यहोरेका छन् । ड्युटीका प्रहरीलाई ढुंगा प्रहार गरेर ज्यान लिने पनि जेलमुक्त छन् । देशको संविधान पोलेर भारतको चाडकी गर्ने, मधेशमा मिटरब्याजका नाममा जनतामाथि शोषण गर्नेलाई उन्मुक्ति दिने मधेशवादले गरिबको हितमा मधेशकै सरकारबाट सिन्को भाँचेको छैन । जनताको सेवक प्रचण्ड सरकारले चिनी माफियालाई खुला छाड्यो । कालो बजारका सारथी कोही पनि कारबाहीमा परेनन् । किसानको उत्पादनले समयमा मूल्य पाउँदैन । मुलुक बनाउने हुटहुटी उसैलाई छ । काँग्रेसले आफ्ना घुस्याहा अर्थ, उद्योग, स्वास्थ्य र कानुन मन्त्रीको असक्षमता देख्दैन । धम्की प्रधानमन्त्रीलाई दिन लाज मान्दैन । मुखभरी आफू लुड्याएर अरुलाई आरोप लगाएर काँग्रेसका अपराध घट्छन् ? बाख्रे काजीहरूले जवाफ दिनु पर्दैन ।
प्रधानमन्त्री प्रचण्डले जनताको पक्षमा काँग्रेसका भष्मासुर डा. प्रकाशरण महत, रमेश रिजाल, मोहन बस्नेतले लगेका प्रस्ताव रोके कि ? काँग्रेसले कालो बजार रोक्न अनुगमन गर्न रोकेकी, अस्पतालमा विरामीले पाउने चिया, खाजा, खानाको बजेट कटौती गरेकी ? प्रधानमन्त्री विरुद्ध डुक्रने गगन थापाले देखेको कमजोरी के हो ? मौका पर्दा किसानको आहारा खोेसर आफैं बाख्रा पालन गर्न कृषि व्यापार आयोजनाको अनुदान हजम गर्ने गगनलाई प्रचण्डको काम गर्ने शैली थाहा छैन ? प्रचण्ड सत्ताको बेला स्वास्थ्यमन्त्री बन्दा गगनबाट के लछारपाटो लाग्यो त्यस्तो ? जनताले स्वास्थ्य बीमा रकम बुझाए पनि सुविधा नपाएको अवस्था अहिले छ । स्वास्थ्यमन्त्री भने काँग्रेसकै भौजाहा मोहन बस्नेत छन् । महंगी नियन्त्रण र कालो बजारमाथि कस्तो प्रहार भएको छ ? प्रचण्डलाई बालुवाटार भिœयाउन बाध्य हुने काँग्रेसले किन बोल्दैन । देशको राष्ट्रिय स्वाभिमानको रक्षा गर्न नसक्ने नाथे काँग्रेसका नेता कुन निष्कलंक छन् ? धेरै जस्तो भारतका दूत छन् । कतिपय युवाहरू र विद्यार्थी नेताहरू रातो पासपोर्ट बेच्ने विद्यार्थीलाई विदेश छाडेर आउने गरेकै हुन् । क्याम्पस स्ववियुमा भ्रष्टाचार भिœयाउने नै गगनको समूह हो । अर्काको खेदो खन्दा आफू निष्कलंक भए पो राजनीतिक शक्ति बलियो हुन्छ । आफ्नो अनुहार ऐनामा नहेर्ने अर्काको खेदो खन्दा केही नापिँदैन ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल