Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गौशाला २६ परिवर्तित नाम को तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटालाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कारबाही गरेको छ ।
क्रिकेटर सन्दीप लामिछाने बलात्कारी ठहर भएपछि सामाजिक सञ्जालमा पीडितको पहिचान सार्वजनिक गरेका सापकोटालाई रास्वपाले निलम्बन गरेको हो ।
सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको जनाउँदै रास्वपाले उनलाई निलम्बन गरेको छ । सापकोटा रास्वपाका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समितिका सदस्य थिए ।
सापकोटाले गौशाला २६ को तस्बिर सामाजिक सञ्जाल ट्विटर एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको रास्वपाले जनाएको छ । अहिले उनले उक्त पोस्ट हटाइसकेका छन् ।
गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ । गोप्य राखिएका पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयतासम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफाअनुसार ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल