Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एपिएफ अस्पतालको मुहारै फेरियो

काठमाडौं । स्थापनाको २२औं वर्षमा बलम्बुस्थित एपिएफअस्पतालको स्वरुप मात्र फेरिएको छैन । अस्पतालले चन्द्रागिरी नगरपालिकाको सहयोगमा ४० लाख खर्च गरी खानेपानीको समस्या समाधान गर्न डिप बोरिङ निर्माण गरेको छ । यस पटक अस्पतालले क्यान्सर पीडितको उपचारका लागि स्व. सहवीर थापा परिवारको सहयोगमा अनकोलोजी (क्यान्सर) वार्डको समेत स्थापना गरेको छ । आईजीपीबाट सो वार्डको उद्घाटन भएको हो । त्यसको स्तर उन्नतिको लागि गण तथा गुल्महरुले आर्थिक स्रोत जुटाएका छन् । व्यक्तिगत ५ हजारदेखि संस्थागत ५ लाखसम्मको सहयोगले त्यो वार्डको स्तरोन्नति हुने विश्वास गरिएको छ । अस्पताल क्षेत्र प्रदूषणमुक्त हुनुपर्छ, त्यसैले भत्के बिग्रेको मर्मत कार्य भएका छन् । काम गर्नेले ठाउँ देख्छ भनेझैं डिआईजी डा. रुपक महर्जन र लेखाप्रमुख गणेश मल्लको योजनाले एपिएफ अस्पताल सुध्रेको स्थानीयहरु बताउँछन् । यसै पटक त्यो अस्पतालले अस्पतालजन्य फोहोर प्रशोेधन गर्ने मेशिन जडान गर्न सफल भयो भने विद्युतीय प्रविधिको अधिकतम प्रयोग गरेको बताइन्छ । अस्पतालले डेंगु, प्रसुती, इन्डोस्कोपी, कोर्नोस्कोपी, अनकोलोजी, डाइलोसिस वार्डहरु विस्तार गरेको छ । स्थापना कालदेखि अस्पतालको आन्तरिक सुधारमा यस पटक मारेको फड्कोले संगठनको नेतृत्वमा रहेकाहरुलाई सन्तुष्टि हुने अवस्था अस्पताल व्यवस्थापनले दिलाएको छ । सशस्त्रले आफ्नो २३औं स्थापना दिवसकै समयमा नर्सिङ कलेज चलाउने घोषणा गरेको थियो । अस्पतालको २२औं स्थापना दिवसमा कलेज सञ्चालन सम्बन्धी पूर्वाधार निर्माण गरी कलेजको प्रक्रिया पूरा गरी आगामी वर्षबाट नर्सिङ कलेज कक्षा सञ्चालन गर्ने तयारी भएको छ ।
एपिएफ टोलीले दैवी प्रकोप, भवितव्यमा आइपर्ने समस्यामा प्रत्यक्ष सहभागी भएर जनताको सेवा गर्दै आएको छ । देशमा संकट पर्दा सरकारको उपस्थिति देखाउने पहिलो शक्ति भनेकै सशस्त्र र नेपाल प्रहरीको टोली हो । कार्यक्रममा प्रमुख अतिथि आईजीपी अर्यालले संगठनलाई म होइन हामी भन्ने मान्यतामा सेवकको रुपमा प्रस्तुत हुन जोड दिएका छन् । अर्याल आईजीपी भएपछि संगठनको आन्तरिक सुधारमा जोड दिँदा जागिरको अवधि पनि घटाउने गरी नीतिगत सुधार गरेको बताइन्छ । सशस्त्रले प्राप्त गरेको क्षेत्रमा दिने सुरक्षामा कमी छैन लामो समयसम्म बढुवा नहुने प्रवृत्ति हटेको छ । भन्सार, सिमा, भीभीआईपी, कुटनीतिक क्षेत्र, औद्योगिक क्षेत्रको सुरक्षामा यो शक्ति खटेको छ । पछिल्लो पटक त्रिभुवन विमानस्थलको भित्री सुरक्षा समेत सशस्त्रले जिम्मेवारी पाएको छ । यही बेला सशस्त्रले अस्पतालको सुधारलाई जोड दिएको हो ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल