Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज हुँदैछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा स्वीकृत ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी कार्यविधि ,२०८० अनुसार अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागिता जनाएका १४ उपकुलपति उम्मेदवारहरूको अन्तरवार्ता आज ‘दुई सिफ्ट’ मा लिइने छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार बिहान ८ बजेर ३० मिनेटको ‘सिफ्ट’ मा कुशुम शाक्य, केशरजंग बराल, गोबिन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडयाल, टंकनाथ धमला, तीर्थराज खनियाँ रहेका छन्। त्यस्तै ११ बजेको सिफ्टमा नारायण प्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा रहेका छन्। त्रिविको उपकुलपतिको लागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए। सो मध्य एक महिलासहित १४ जनाको नाम अल्पसूचीमा परेको हो।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल