Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पश्चिममा आज र पूर्वी भेगमा पर्सि पानी पर्ने सम्भावना

काठमाडौं । मुलुकका केही स्थानहरूमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी गण्डकी पश्चिमका जिल्लाहरुमा पानी पर्ने सम्भावना छ । गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । साथै देशका पहाडी भूभागका केही स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि देशभर बदली रहने छ । भोलि मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । पर्सि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।