Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । यही माघ १७ गतेदेखि काठमाडौँमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरेको छ ।
निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन पारित गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए । धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहित गर्न तथा यस्ता कार्यमा संलग्नलाई कडा कारवाही गर्न बैठकले सरकारसँग माग गरेको छ ।
हिन्दू राष्ट्रलगायत लोकतन्त्रको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानजस्ता विषयलाई लिएर फागुन र चैतमा विभिन्न जिल्लामा स्वाभिमान यात्रा सञ्चालन गरिने पार्टीले जनाएको छ । नेपालको पूर्वाधार विकासको निमित्त अमेरिकी सरकारको आर्थिक सहायताका देखापरेका विवाद र बहसका बारेमा धारणा स्पष्ट पार्न सरकारसँग आग्रह गर्दै बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नेपालको अविभाज्य भूमि भएकाले अतिक्रमित भूमि फिर्ता गराउन तथा कालापानीबाट भारतीय सेना फिर्ता गराउन प्रभावकारी कूटनीतिक प्रयास चाल्न सरकारसँग माग गरेको छ । बैठकले चीनमा कोरोना भाइरसबाट प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र सङ्क्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधा उपचारको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको छ ।
२०८१ कार्तिक २०
ताजा नेपाल
२०८१ कार्तिक २०
ताजा नेपाल
२०८१ कार्तिक २०
ताजा नेपाल