Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमबार बिहान बसेको बैठकमा सत्ताको नयाँ समीकरण र टीआरसीबारे छलफल भएको थियो ।
एमाले केन्द्रीय सचिवालय बैठक सकियो, नयाँ सत्ता समीकरणमा जान सक्ने
बैठकमा अध्यक्ष ओलीले हिजो राति प्रधानमन्त्री पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलबारे जानकारी दिएका थिए ।
बैठकमा उनले सत्ता गठबन्धन संकटमा परेको उल्लेख गर्दै आफूहरू नयाँ ढंगले सोचेर तयारी गरेर अघि बढ्नुपर्ने बताए । सत्ता गठबन्धनको बैठक बसेपछि के हुन्छ त्यो हेरेर एमालेले निर्णय लिन्छ, एमाले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, एमाले नयाँ समीकरणमा जान सक्छ।
बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनको छलफलपछि फेरि माओवादीसँग छलफल गरेर अघि बढ्ने बताए ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल