Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरिएको हो । उच्चस्तरीय छानबिन आयोगले हिजो मात्र गृहमन्त्रीलाई यो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफरिस गरिएको बताइएको छ । महरा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हुन् । आजै मात्र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमला दाहालले गृहमन्त्री रवि लामिछानेलाई भेटेर प्रतिवेदनले सिफरिस गरेका कारवाहीलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले महरासहित राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीलाई समेत मुद्दा चलाउन सिफरिस गरेको छ । आयोगले सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारवाही गर्न पनि सिफरिस गरेको छ । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल सुन तस्करीकै आरोपमा पहिलेदेखि नै पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रतिवेदन कार्यान्वयनको अनुमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पाएपछि सुरक्षा निकायसँग उनको घनिभुत छलफल भइसकेको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल