Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देखियो विराजको क्रेज

शुक्रबारबाट रिलिज भएको नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ले दर्शकको साथ पाएको छ । सिंगल थिएटरहरुमा विराजको क्रेज गज्जब देखिएको छ । शनिबार नायक विराज भट्ट नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित विभिन्न सिंगल थिएटरहरुसम्म पुगेका थिए । जहाँ विराजलाई दर्शकले घेरेका थिए । विराजको नाममा हुटिङ र सीठ्ठी फुक्ने दर्शक धेरै थिए । विराज चाबहिलमा रहेको गोपीकृष्ण हल पुग्दा उनलाई दर्शकले घेरिहाले । उनीसँग सेल्फी खिच्ने दर्शकको भिड थामिनसक्नुको नै थियो । विराजलाई दर्शकले बोकेर नै हुटिङ गरेका थिए । धेरैले विराजलाई बाघ फर्किएको भन्दै हुटिङ गरिहरेका थिए ।
गोपिकृष्ण हलमा विराजले आफ्नो दर्शकको लागि चलचित्रको संवाद बोलेर सुनाए । उनले ‘साङ्लो’ बाहेक आफ्नो पूराना चलचिहरुको संवाद पनि त्यहाँ बोलेका थिए । गोपिकृष्णमा दर्शक साक्षत्कार गरेर विराजको टिम अष्टनारयण हलसम्म पुगेको थियो । चलचित्र सकिनै लाग्दा भरिभराउ हल भित्र विराज छिरे । विराजलाई देखेपछि दर्शकले उठेर नै ताली बजाए, सिठ्ठी फुके । त्यहाँ विराजले दर्शकसँगै चलचित्रको गीत गुनगुनाए । मल्टिप्लेक्स हलमा खासै शो र दर्शक नपाएको यस चलचित्रले सिंगल थिएटरमा भने आक्रमक व्यापार गरेको छ । कुनै समय आफ्नो गतिलो स्टारडम बनाएका विराजले यस चलचित्रबाट पनि आफ्नो स्टारडम देखाएका छन् । साङ्लो विराज आफैँले निर्माण तथा निर्देशन गरेको चलचित्र हो । विराजले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल