Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छायाँको भरमा आईजीसा’प

काठमाडौं । काँग्रेस नै बनेर आफू अगाडिका सात एसएसपीलाई उछिन्दै डिआईजी भएपछि आईजीपी बन्ने बाटो खोलेका बसन्त कुँवर आफ्नो कार्य क्षमतालाई सामूहिकतामा मिलाएर राजनीतिक रंग फेरिए पनि ढुक्क छन् । सहयात्रीहरू दिपक थापा, सन्दिप भण्डारी, मिरा चौधरी, सुदिप गिरी, किरण बज्राचार्य, श्यामलाल ज्ञवालीको टिम प्रहरीको वर्तमान नेतृत्वमा छ । प्रहरीले पनि सीमा विभाग बनायो । सशस्त्रले ५ वर्ष अगाडि सीमा विभाज बनाएर ३ जना एआईजीबाट संगठन प्रमुखलाई सघाएको छ । प्रहरीको प्रशासन, कार्यविभाग, अपराध अनुसन्धान, प्रतिष्ठान, अस्पताल, उपत्यका, सिआईबी सातै ठाउँमा एआईजी छन् । उमेर हदका कारण प्रशासनकी मिरा चौधरी, प्रतिष्ठानका सन्दीप भण्डारकिो अवकाश नजिकिँदैछ । एसएसपीसम्म भण्डारी पहिलो नम्बरमा थिए । अहिले दीपक थापा उपत्यकाको प्रमुख छन् । ज्ञवालीलाई कार्यविभागमा थान्को लगाएर मिरा चौधरी प्रशासनमा भिœयाउँदा सन्दीप भण्डारीलाई तालिम केन्द्रमा अवसर मिल्यो । अहिले आईजीपी कुँवरलाई हरेक निर्णयमा कलम चोब्नु अगाडि एआईजी थापाको आवश्यकता छ । थापा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासी भएको कुरा आईजीपीलाई थाहा छ । काँग्रेसकी भ्रष्ट मार्कोस आरजु राणाको दरबारमा दाजु बाबुराम कुँवरको राम्रो सम्बन्ध नभए पनि राष्ट्रपति रामचन्द्र पौडेल सेतु बने । यिनैलाई काँग्रेसले गण्डकी प्रदेश प्रमुख बनाउँदा पनि रामचन्द्रकै योगदान थियो । पौडेलले देउवालाई १४औं महाधिवेशनमा सघाएको फल तनहुँबाट सांसद र राष्ट्रपति पाए । बाबुराम कुँवर राष्ट्रपतिका कानुनी सल्लाहकार भई प्रहरीको आईजीपी काँग्रेस र प्रहरी आईजीपीको भित्रिया सम्बन्ध भनेको मार्कोसलाई खुशी पार्ने ब्रिफकेश नै हो । क्षमताकै कुरा हुन्थ्यो भने दीपक थापा र श्याम ज्ञवाली मध्येबाट आईजीपी हुन्थे । किनकि काँग्रेसले आईजीपी बनाउन एसएसपीकै बढुवामा घात ग¥यो । त्यसको सुरुवात वरिष्ठ हुँदा हुँदै विश्व पाखेरेललाई एमाले उपाध्यक्ष ईश्वरसँग जोडेर एआईजी भएको ३ महिना नबित्दै धिरज प्रताप सिंहलाई आईजीपी बनाएको थियो । सिंह यही टोलीभन्दा अघिल्ला हुन् । वैशाखमा खाली हुने २ एआईजी पदका लागि अहिलेका प्रवक्ता भीम ढकाल र ट्राफिक प्रहरीका पोषराज पोखरेल मधेशको कमाण्डमा पुगेका यज्ञविनोद पोखरेलकै सत्ता सक्तिको पहुँचबाट ती पद पुर्ति हुनेछन् ।
रास्वपाका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेले सुधार कस्तो गर्लात् ? उनी आफैं प्रहरी अनुसन्धानमा रहेका छन् । जनता भए त्यही कानुन निर्मोही हुन्थ्यो । नेताका लागि नक्कली नागरिकता, नक्कली राहदानी प्रयोग गरेर पनि रास्वपाको तुजुक चर्को छ । जो बढी उफ्रिन्छ अपराध उसकै बढी हुन्छन् । गृहमन्त्री पदमा रहँदा राष्ट्रिय परिचयपत्र ठेक्का दिने र अरवौं सक्ने योजना पूरा नहुँदै रविको गठबन्धन भत्कियो । नारायणकाजीले गृहमन्त्री र सचिवले लुट्दै आएको मासिक आसाचपु बन्द गरे । परिचयपत्र आफैं छाप्ने निर्णय गरेर रविको फोहोर सफाई गरी सक्दा नसक्दै गठबन्धन भत्क्यो । फेरि रविनै गृहमा आएका छन् । काजी परराष्ट्रतिर सरेका छन् । काजीले पेलेको बताउने एआईजी पनि छन् । प्रहरीलाई ऐन कानुनमा टेकेर संगठनभित्र निर्णय गर्न उपप्रम तथा गृहमन्त्रीले आदेश दिँदा प्रधानमन्त्रीको पनि गृहप्रशासनमा चासो हुन्छ भन्ने सोच्नु पर्ने हो । नारायणकाजी जस्ताले चलाएको प्रशासनमा थैली भेट चल्दा सडकका जिडी, सुई र डिईहरूले निर्माण व्यवसायीहरूलाई भुक्तानीमा जबर्जस्त गर्नु परेको छैन । विवाद प्रहरीमा छैन । नारायणकाजी श्रेष्ठले गृह र भौतिक पूर्वाधारको प्रशासनलाई जसरी चुस्त बनाए त्यो चुस्तता रघुवीर महासेठ र रविको देखिनेमा शंका छ ।

आईजीपीको बेवारिसे तर्क
नक्कली भुटानी शरणार्थी प्रकरणको आगो बल्दा एमाले सचिव टोपबहादुर रायमाझीलाई जिल्लाबासीका नताले सूचना चुहाएर भारत पठाउने सूचक बन्न पदीय जिम्मेवारी बोध नगर्ने आईजीपी बसन्त कुँवरले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा भाग्न लागेको बताउँदै बेवारिसे तर्क गर्न थालेका छन् । जबकि काँग्रेसकी भाउजुका आम्दानीका श्रोत विनोद चौधरी चोखो छन् । यिनै हुन् गृहमन्त्रीको भन्दा डा. आरजुको सेवक बनेर नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको छानविन रोकाउने पात्र । यिनकै कारण अपराधले शुरुमा नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जनालाई भगाएको हो । नेतृत्वको भिजन नहुँदा संस्थागत सुधारमा समस्या पर्छ । पूर्व गृह तथा उपप्रम, सभामुख भएको मान्छे १२ थरी रोगको औषधि सेवन गर्ने महराले पदको ख्याल गरेनन् । पदीय गरिमा पनि बचाएनन् भन्ने कुरा सबैले स्वीकार्छन् । तर आईजीपी भन्छन् भाग्न लागेका थिए । सरकारको निगरानीमा भएको मान्छेले कानुनी जटिलताको ख्याल गर्छनै । तर आईजीपीको राज्य व्यवस्था समितिमा प्रस्तुत तर्क काँग्रेसी मार्कोसको भन्दा कमजोर थिएन । बसन्त कुँवर प्रहरी भएर आईजीपी भएका होइनन् भन्ने पनि छन् । प्रहरीलाई काँग्रेस र एमालेका दोस्तीहरूलाई आफ्ना अन्नदातालाई जोगाउने छूट होला तर तर्कहिन प्रस्तुती दिएर संस्थागत बदनाम बन्ने छूट छैन । अहिले गृहमन्त्रीको प्रवक्ता बनेर पद जोगाएका आईजीपी कुँवर विवादमा पर्नु ठिक होइन । यसैगरी प्रहरी प्रवक्ता भीम ढकालको पहिलो पत्रकार भेटघाट सम्पन्न भएको छ । आईजीपी कुँवरको यो अवधिमा विभिन्न शीर्षकका घटनामध्ये वैकिङ कसुरका १३ हजार २ सय ७७ घटना प्रहरीमा पुगेका छन् । यो अवधिमा विभिन्न अपराधका ५९ हजार ६१ वटा मुद्दा दर्ता भएका छन् । तर तमसुक गरेको उद्योग रजिष्टरको कार्यालयको रेकर्डमा देखिएको प्रमाणले गृहमन्त्री रवि लामिछानेलाई निर्दोष बनाएको आईजीपी कुँवरको राज्य व्यवस्था समितिको बखानको चर्चा चुलिँदैछ ।