Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आखिर दलगत चरित्र सबैको देखियो । सहकारी ठग उपप्रम तथा गृहमन्त्री रवि लामिछानेको सम्पत्ति सार्वजनिक गर्न पौरखी आग्रह र जसपाको विभाजन एकै दिन भयो । यो मुलुक यस्तै पौरखी र योजनाकारको चंगुलमा पर्छ र पनि देश चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा भएका र हुने सम्बन्धले राजनीति अर्थ राख्छ । किनकि देशमा कुनै एक दल र समूहको स्पष्ट बहमुत छैन । जहाँ अल्पमतले बहुमतसँग लडाइँ गर्दैछ । अहिले देशको स्थिति के छ कोही चासो लिँदैन । सरकार छ, त्यसको दायित्व सत्ता र शक्तिसँग छ । सत्ता र शक्ति भनेका स्वार्थमा सीमित छन् । सीमित शक्तिले राज्य चलाउँदैछ । नेपाली काँग्रेसले माधव नेपाल र उपेन्द्र यादवलाई प्रम पद दिने वर्तमान सरकार ढाल्ने भनेको मात्र थियो । माधवलाई उखरमौलो भयो । उनी प्रम प्रचण्डलाई धम्क्याउन पुगिहाले । माधवले मेरो बहुमत पुग्यो तिमी सत्ता त्याग मात्र नभनेको भए यो विभाजनको चलखेल हुँदैनथ्यो । माधव सत्ता गठबन्धनका तित्रानै थिए । सत्ता पनि चाहियो, घुर्की पनि लगाइयो । उनको राजनीतिक चरित्र त्यही थियो । उनले देखाएकै छन् । उनको पार्टीबाट जुनसुकै दिन केही सांसद एमाले बन्न सक्छन् ।
अब संकट पार्टी धान्न सकिन्छ कि सकिँदैन भन्ने हो । किनकि नेकपा एकीकृतमा माधवको सेवा, राजेन्द्र पाण्डेको चाकडी गरेर फाइदा छैन । किनकि अवसरवादीले स्वार्थ हेर्छ । स्वार्थीले मौका कुर्छ । देशले स्वाभिमान खोज्छ, जनता स्वाधिनता चाहन्छन्, राष्ट्रले मुक्ति चाहन्छ । तर यो मुलुकका नेताको चरित्र र स्वभावले त्यो भन्दैन । देशको अवस्था कता छ जनताको सरोकार कहाँ छ । राजनीतिले के भन्छ । जनता के चाहन्छन् ? सरोकार कहाँ छ ? कस्तो चरित्र राजनीतिमा छ । आफ्नो जिम्मेवारी के हो ? नेपालका नेताले बुझेर बुझ पचाएको व्यवस्था हो यो । गणतन्त्रका नायक जनता भएनन् भ्रष्टाचारले चुलिएका नेता र डन भएपछिको राजनीति हुइयाँ सहमति र सहकार्य नै हो । लुट्ने र लुटाउनेको कुरा यहाँ मिल्छ । माधवले त्यो बुझेर वामपन्थी सहकार्य भत्काउन खोज्नु नै आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । अब दलहरूका बीचमा सहकार्य हुने भनेको पद र कुर्सीमै हो । माधवको पार्टी टुक्रिने निश्चित छ । किनकि यिनको सिद्धान्त र केपी ओलीको सिद्धान्त एउटै हो । एउटै सिद्धान्तका दलहरूकाबीचमा समन्वय गर्न माधवलाई नै कठिन छ । किनकि उनका लागि केपी ओली जुन ढंगका शत्रु भए त्यो शत्रुता माओवादीतर्फ पनि सरेको कुरा उनकै बोलीले प्रमाणित ग¥यो । काँग्रेसले गठबन्धन भत्काउने उपेन्द्र र माधवलाई बराबरी समय दिएर अस्थिरता चम्काउँदै थियो । राजनीतिक अस्थिरताका नायक काँग्रेस हो । त्यहाँ माधव जोडिँदा उपेन्द्र १२ सिटबाट ५ सिटे भए । माधव १० बाट चारमा जाने हुन् भन्ने कुरा सबैलाई थाहा छ । वामपन्थी पछ्यौरीमा राजनीति अर्पण जहाँ जति पनि गरिन्छ । त्यसको नाफा नोक्सानी कसले कति व्यहोर्ने भन्ने कुरा प्रमुख हो । आजको दुनियाँमा यो देशलाई भिख माग्ने बनाउने जनता होइनन्, दलका नेता, राष्ट्रपति, उपराष्ट्रपति, वर्तमान र भूपू एक तह, पूर्व प्रम र सभामुखहरूको सेवा सुविधा अर्को तह, पूर्व गृहमन्त्रीको अर्को तह राज्य लुटका कारक हुन् । स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको भीडमा राज्य श्रोत कति खर्च गरिन्छ ? के अब राजनीति तलबमा केन्द्रीत भयो । समाजसेवाको क्षेत्र रहेन ? आफू मात्र ठिक भन्ने माधवकुमार नेपालले यो विषयमा आवाज उठाउनु पर्दैन ? माधवको छुद्रताले जसपा फुट्यो । अबका दिनमा उनकै पार्टी फुट्छ । अधिवेशन गर्ने उनको एजेन्डा त्यो बेला भत्कन्छ । जुनबेला त्यो पार्टी दशौं अधिवेशनको तयारी गर्छ । किनकि त्यो पार्टीको अधिवेशन ३ पटक स्थगित भएको छ । त्यो स्थगित हुनुको कारण जिल्ला रित्तिदै जानु हो । केन्द्रनै धरमर भएको बेलामा माधवले प्रम प्रचण्डसँग जसरी काँग्रेसी आडमा बोले त्यो नै तित्राको मुख बैरी हो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल