Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको धम्किको जवाफ दिदै, शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए ।

उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए ।

बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली काँग्रेसलक्षित चेतावनी दिएका थिए ।

सोही विषयलाई लिएर नेता कोइरालाले कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन् ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरुले नै नमानेको आरोप लगाए ।

उनले भने, अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ । भोलि के हुन्छ हामी भन्नसक्ने अवस्थामा छैनौँ । त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ । यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली काँग्रेसले । साथीहरुले एउटा कुरा भन्नुभयो, तपाईंहरुले गृहमन्त्रीलाई बोल्न दिनुभएन । बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा।रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमँ छ । तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । यो क्लियर हुुनुपर्छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो । लोकतान्त्रिक अवस्थामा संसद अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि छ, ति आफ्ना ठाउँमा छन् । हामीले केही भनेको छैन । रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन । छानबिन समिति बनाउनुस् भनेका छौँ । गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटकपटक आएको छ । उहाँले नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नुहन्छ यो कुरामा सत्ता पक्षका साथीहरु, दलहरु स्वीकार्ने पक्षमा देखिनुभएको छैन । यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ । पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, काँग्रेसले सदनमा राखेको हो । कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली काँग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।

उनले नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाए ।

नेकपा एमाले संसद विघटन गर्न र यसअघिको संसद विघटन सही भएको पुष्टि गर्ने पक्षमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाए ।


सम्बन्धित समाचार

फ्रान्स उडिन् साम्बा

२०८१ कार्तिक १५

ताजा नेपाल

सत्यमा नडगमगाएका कुलमान

२०८१ कार्तिक १५

ताजा नेपाल

रास्वपाले भन्याे, रवि निर्दोष छन्

२०८१ कार्तिक १५

ताजा नेपाल