Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविसँग निर्णायक छलफलमा प्रचण्ड

काठमाडौं । काँग्रेसको अडानले सत्ता गठबन्धन नै धरापमा पर्ने स्थिति आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफल अघि बढाएका छन्। अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भइरहेको छ। संसदीय छानबिन समिति बनाउन सहमतिको अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस प्रतिवेदनमा उल्लेख गरिने मोडालिटी टीओआरबारे असन्तुष्ट भएको छ। कांग्रेस सांसद जीवन परियार र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लगातार छानबिन समितिको प्रतिवेदनमा उल्लेख हुने मापदण्डबारे छलफल गरिरहेका छन्। सोही प्रयास सार्थक बनाउनेगरी बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्हसम्मका लागि सारिएको थियो। यद्यपि सो छलफल निष्कर्षमा पुग्न नसक्दा आजै दोस्रोपटक बोलाइएको प्रतिनिधिसभा बैठक पनि अन्यौलमा परेको छ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार, टीओआर लेखनमा उठेका कतिपय प्रश्न निरुपण गर्नेगरी अझै छलफलका लागि समय बढाउनुपर्ने अवस्था देखिएको छ। औपचारिक निर्णय सुनाउँदै कांग्रेसले संसद् बैठक अवरोध राख्ने बताएपनि आजकै लागि बोलाइएको दोस्रो बैठक पनि स्थगित हुने सम्भावना बढेको छ। यद्यपि संसद् स्थगित गन निर्णय भने भइसकेको छैन। संसद् भवनभित्रै रहेका एक सांसदका अनुसार, बैठक बसेर स्थगित गराउने वा सूचना टाँस गराउने भन्नेबारे छलफल चलिरहेको छ।