Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बुधबार जिल्ला अदालत धनुषा लगिएको छ। सिरोहियाको नागरिकताको नम्बर पहिले नागरिकता लिएका अर्का व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भनी धनुषा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई मंगलबार पक्राउ गरिएको हो। काठमाडौँबाट मंगलबार साँझ गाडीमा लगिएका उनलाई बुधबार बिहान धनुषा जिल्ला प्रहरी कार्यालय पुर्याइएको थियो। अनुसन्धानका लागि म्याद थप गर्न धनुषा प्रहरीले केही बेरअघि सिरोहियालाई अदालत पेस गरेको हो। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डीएसपी० रञ्जन अवाले अदालतसँग सुरुमा हामी १० दिनको म्याद माग्ने जानकारी दिए।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल