Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानले उठाउलान त ? ७ अर्ब रुपैयाँ

काठमाडौं । सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको बिजुलीको बिलमा प्रिमियम लिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले २०७२ माघदेखि २०७५ बैशाखसम्मको प्रिमियम लिने निर्णय कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र लेखेको छ । सोही पत्र कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेखेको छ।

हामीले केहि मिनेट पहिले पत्र लेखेका छौं । तीन चरणको अध्ययन भएको छ । जसमध्ये बीचको पूरै अवधिको प्रिमियम उठाउने भनिएको छ, ऊर्जा मन्त्रालय स्रोतले क्लिकमान्डुसँग भन्यो, तत्काल कार्यान्वयन गराउन हामीले पत्राचार गरेका छौं । बीचको अवधिको सबै प्रिमियम प्राधिकरणले उठाउँछ ।

स्रोतकाअनुसार नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मन्त्रिपरिषदको निर्देशन कार्यान्वयन हुनेछ ।