Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२०८४ सम्म कांग्रेस प्रतिपक्ष

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्‌भित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले कांग्रेसले चुनावमा गए अनुसारको प्रतिविद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरूले प्रतिबद्धता बिर्सिँदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए । उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दै गर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताए । उनले कांग्रेस संसद्को ठुलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरू संशोधनका लागि अन्य राजनीतिक दलहरूसँग कुराकानीमा रहने बताए । उनले भने, अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ । त्यो अघि हामीले नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्या छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्‌भित्र प्रतिपक्षको भूमिकामा बस्छ । महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गर्नुभएको आरोप लगाए । उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए । उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए । महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको समेत बताए । उनले काठमाडौँ कांग्रेसले रिभाइभ गरेर अघि बढ्न जरुरी रहेको बताए । थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए ।


सम्बन्धित समाचार