Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टी२० अन्तर्राष्ट्रियमा सन्दीप लामिछानेको एक सय विकेट

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा एक सय विकेटको माइलस्टोन पूरा गरेका छन्। उनले ५४औं खेलमा १ सय विकेटको माइलस्टोन पूरा गरेका हुन्। सबैभन्दा छिटो टी२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि अफगानिस्तानका लेग स्पिनर रशिद खानले ५३ खेलमा एक सय विकेटको माइलस्टोन पूरा गरेका थिए। सन्दीपले तन्जिम हसन सकिब र जाकर अलीको विकेट लिएका हुन्। विश्वकपमा नेपालले खेलेका सुरुवाती दुई खेलमा सहभागी हुन नपाएका उनी तेस्रो र चौथो खेलमा भने सहभागी भएका हुन्। बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाए पनि उनलाई अमेरिकी दूतावासले दुई पटक प्रयास गर्दा पनि भिसा दिएको थिएन। त्यसपछि उनी क्यानडा हुँदै वेस्ट इन्डिज पुगेका हुन्।


सम्बन्धित समाचार

अपराध गर्ने सरकार आरोप खेप्ने प्रहरी

२०८१ चैत्र २६

ताजा नेपाल

गणतन्त्रको खतरा नै गणतन्त्रवादी

२०८१ चैत्र २६

ताजा नेपाल