Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वार्थी र अवसरवादीको फन्दामा माधव

काठमाडौं । माधव नेपालको साथ पाएर पार्टी केन्द्रीय सदस्यदेखि स्थायी समितिसम्म पुगेका नेता एमालेमा दश भाईका नामले चिनिए । उनीहरूले एमाले अध्यक्षकै कृपामा पाएको पद र हैसियत पुरानै रोलक्रममा भेट्टाए । तर तिनको हालत अहिले एमालेमा खस्केको छ । माधव छुट्टिए अब गुट छैन भन्दै गर्दा केपी ओलीका छौडा र ढेंडुहरूकै बीचमा गुट उपगुट देखिए । एमाले केन्द्रदेखि प्रदेशसम्म जिल्लादेखि नगरसम्म दुईधार छ । केपी ओलीका विश्वासप्राप्तहरू कतै मिलेका छन्, कतै भिडेका छन् । तर त्यो रोग आउँदैन र छैन भनेको एकीकृत समाजवादीमा यतिखेर स्वार्थी र चण्डालहरू देखिएका छन् । पार्टी विभाजनको औचित्य पुष्टि गर्न र विद्रोहको भावना स्थापित गर्न नसकेको नेकपा एकीकृत समाजवादी असार १२ बाट २० गतेसम्म दशौं महाधिवेशन गर्ने भन्दैछ । यो पार्टी केन्द्रमा १०, मधेश र बागमती प्रदेशमा ७÷७, कोशी र सुदूरपश्चिममा ४÷४, लुम्बिनी र कर्णालीमा १÷१ सांसद छन् । संगठन छैन, राष्ट्रिय पार्टी होइन । तर अध्यक्ष माधव कुमार नेपाल सम्मानजनक सत्ता सहकार्यको खोजीमा छन् । उनको पार्टीले सुदूरपश्चिममा मुख्यमन्त्री पाए पनि त्यो सरकारलाई एमालेकै कारण अप्ठ्यारोमा पार्ने काम भएको थियो । एकीकृतका सुदूरपश्चिममा छ जना, बागमतीमा ७, कोशीमा ४ जना सांसद भए पनि अरु समस्यासँग जोडेर सत्ता सञ्चालनलाई प्राथमिकतामा ढालेको कारण अध्यक्ष माधव नेपालको दौडधूप भने उनको आफ्नै आकाक्षा झल्किन्छ । जनताको बहुदलीय जनवादका व्याख्याकार केपीलाई माधवको आवश्यकता र औचित्य चित्त बुझेको छैन । केपी ओली विभाग गतिलै लिने र त्यहीबाट गुट बन्दी चर्काएका नेता हुन् । साना दलमा विभाजन गराउने ओलीको टिममै एमालेभित्र रमाइलो परिदृश्य चम्किएकै छ । विभाजनको संघारमा पुगेका साना दलको विभाजनको स्वरुप र कानुनी प्रक्रियालाई बुझेर मात्र एकीकृत समाजवादीको विभाजन गर्ने अवस्थासम्म पुगेको छ । बेलबखत माधव नेपाल विपक्षी मोर्चाको बैठकमा जाँदा आन्तरिक आलोचना त सहेकै थिए भने जनताको प्रतिक्रिया माधवको विरुद्ध थियो । आफैं संगठन निर्माणमा ध्यान नदिने तर भाग ठूलो खोज्दा त्यो शक्तिले गति लिएको छैन । संगठन छैन, जनताका बीचमा जानु छैन, केन्द्रमा अध्यक्षको चाकडी गरेर संगठन बन्ने कुरा भएन । एमालेसँग भन्दा पनि केपी ओलीसँग विद्रोह एकीकृतको तत्कालिन बाध्यता हो । ओलीको दास बनेकाहरू पनि एमालेमै सुरक्षित छैनन् भन्ने जान्दा जान्दै दश भाईले धोका दिएकोमा माधवलाई पनि खिन्नता लाग्दो हो । डा. भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, शेरबहादुर तामाङ, युवराज ज्ञवाली, गोकर्ण विष्ट, रघुजी पन्त जो जहाँ छन् तीनको धरातल हिजो माधव नेपाल नै थिए । डा. रावलले एमालेमै छु, एमाले हुँ भन्दा भन्दै केपीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिँदा खेदिएका नेता हुन् । अरुको हकमा पार्टीको पद केपीको कृपामा मिले पनि भट्टराई, विष्ट, आचार्य चुनवाबाट संसद भए, रघुजी पन्त समानुपातिकमा बसेर, अष्टलक्ष्मीले संसद नभए पनि चित्त बुझाएकी थिइन् । माधव नेपालले एमालेको भन्दा नयाँ रुप कतै देखिएका छैनन् । एमालेकै नीति, एमालेकै सिद्धान्त बोकेर हिँड्ने भए एकीकृत समाजवादी किन चाहियो ? समाजवादको लक्ष्य लिएका पार्टीले आर्थिक रुपान्तरण र राजनीतिक लक्ष्यको गन्तव्य पुरानै शैलीमा पुग्न सक्दैन भन्ने बुझ्न सकेको छैन । अध्यक्ष नेपाल उपेन्द्र यादवको पार्टी विभाजनबाट झस्केका छन् । यादव र माधवलाई पालै पालो प्रधानमन्त्री दिएर केपी ओली र पुष्पकमल दाहालको सेखी झार्न काँग्रेसी दाउ असफल भयो । काँग्रेसको पछि लाग्दा उपेन्द्रको हविगत कहाँ पुग्यो । गठबन्धनमा बसेर पाएका २ मन्त्रालय हाँक्न नसक्ने माधवलाई हिजो एमालेमा पैसा पेलेर टिकट लिएर चुनाव जितेका प्रेम आले, धनबहादुर बुढा, किसान श्रेष्ठहरूको राजनीति थाहा नभएको होइन । भानुभक्त जोशी, अमर थापा, शेरबहादुर कुँवरहरू पनि यो गठबन्धनबाट बाहिर पुग्दा भोलिको ग्यारेन्टी खोज्न थालेका छन् । यी ६ जनाले एकाएक कित्ताकाट गर्दा माधव आफैं असुरक्षित हुने छन् । सहकारीको पैसा मनमोहन अस्पतालमा खन्याएर सहकारी डुबाउने राजेन्द्र पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वालाहरूका लागि पनि गठबन्धन सर्पको भिडमा सुते जस्तो भएको हो भने सरकारमै मरिहत्ते किन गर्नु ? सरकारलाई समर्थन गर्ने तर मन्त्रीमण्डलमा सहभागी नहुन सकिन्छ । कोशी, मधेश, बागमती र सुदूरपश्चिममा वाम गठबन्धन बलियो भएको छ । त्यही कारण ४ सिट हुँदा पनि मुख्यमन्त्री पाएको हो ।