Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को बन्ला चिकित्सा शिक्षा आयोगको निर्देशक

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा प्रा डा गुरुप्रसाद खनाल, प्रा डा सुजनबाबु मरहट्टा, प्रा डा सुदीप आचार्य र डा सरला श्रेष्ठ छन् । प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको स्रोतले बतायो । ‘उनीहरुको क्षेत्र नै तोकेर नियुक्तिका लागि सिफारिस भएको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः आजै नियुक्ति हुन्छ । मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् । चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य डा रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए । समितिले ०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम सर्ट लिस्टमा परेको थियो । प्रारम्भिक छनोटमा परेका डा. कृष्णसागर शर्मा, प्रा।डा दिनेशकुमार लम्साल, डा भीमसिंह त्रिकरी, प्रा डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा डा सुरज बज्राचार्य, प्रा डा स्वयंप्रकाश पण्डित र हरिप्रसाद बस्याल भने अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल