Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेरो हातमा अधिकार आयो भने क्रान्तिकारी नयाँ पुस्ता बनाउँछु : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी गरेका छन् ।
अहिलेको अवस्थामा आम कार्यकर्ताको आवश्यकता, चाहना र कम्युनिस्ट आन्दोलनको आवश्यकता र चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबभन्दा पहिले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि खनालको भनाइ छ ।

मैले महाधिवेशनबाट जिम्मेवारी लिएँ भने नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने काममा लाग्नेछु, खनालको भनाइ छ ।

मंगलबार खनालले नेकपा एकीकृत समाजवादी समर्थक सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, अहिले पार्टीसामु थुप्रै वैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक चुनौती छन् । यी चुनौती सामना गर्न क्रान्तिकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ । उनले त्यो आवश्यकता पूर्तिका निम्ति आफूले आफ्नै ढंगले भूमिका खेल्नुपर्ने देखिरहेको बताएका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल