Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१६ असार, काठमाडौं । एकीकृत समाजवादीले १० औ महाधिवेशनको उद्घाटनअघि काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न भेषभुषासहित एकीकृत समाजवादीले र्यालीसहित शक्ति प्रदर्शन गरेको हो । र्यालीमा एकीकृत समाजवादीका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेतारकार्यकर्ता सहभागी छन् ।
समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेताहरुले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् ।
नयाँ नेतृत्वमा हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसाल दाबेदार छन् ।
असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।
नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले एकीकृत समाजवादीले दशौं महाधिवेशन भनेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल