Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट मर्नेको संख्या २४ सय नाघ्यो

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।
कोरोना भाइरस अर्थात कोभिड – १९ को असर रोक्न चालेको विभिन्न कदमका बाबजुद इटालीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५२ जना संक्रमित भएका छन् । कोरोना भाइरसकै कारणा दुई जनाको मृत्यु र ७९ जना संक्रमित भएपछि इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध गरिएको थियो । तर त्यसपछि पनि थप १ एक जनाको मृत्यु भएको छ । अरु ७३ जना कोरोनाको संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । एकै दिन अरु २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो । चेओङ्डोको एक धार्मिक समूहका सदस्यहरुमा पनि कोरोनाको संक्रमण भएको आशंकापछि ९ हजार जनालाई क्वारेन्टीमा राखिएको छ ।
कोरोनाले महामारीकोव रुप लिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले मुलुकले धेरै ठूलो चुनौतीको सामना गरिरहेकाले सावधानी अपनाउन देशवासीलाई आह्वान गरेकी छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल