Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारत हिँडे अमेरिकी राष्ट्रपति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् । राष्ट्रपति ट्रम्प सोमबार बिहान ११ बजेर ४० मिनेटमा भारत आइपुग्नेछन् । भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्न पाउँदा आफु अत्यन्तै खुसी र उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भएको प्रतिक्रिया दिँदै आफु भारतका लाखौं जनतालाई भेट्न आँतुर भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले भने, भारतीय प्रधानमन्त्री मोदी मलाई निकै असल लाग्नुहुन्छ, उहाँ मेरो परम मित्र पनि हो ।’ यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्प भारत भ्रमणमा निस्किँदै गर्दा आफु ट्रम्पलाई भारतीय भूमीमा स्वागत गर्न आँतुर रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘भारत ट्रम्पलाई स्वागत गर्न उत्साहित छ । सोमबार उहाँ हामीसँग हुनुहुनेछ, यात्रा अहमदावादको ऐतिहासिक कार्यक्रमबाट सुरु हुनेछ ।’
त्यस्तै राष्ट्रपति ट्रम्पकी छोरी इवान्का ट्रम्पले पनि भारतको भ्रमण सुरु गर्नु केहीबेर अघि भारतीय प्रधानमन्त्री मोदीसँग खिचिएको तस्बिर सार्वजनिक गर्दै खुसी व्यक्त गरेकी छिन् । इवाङ्का राष्ट्रपति ट्रम्पको भ्रमण दलको प्रतिनिधि हुन् । राष्ट्रपति ट्रम्प २ दिने भारत भ्रमणका क्रममा सोमबार भारतको अहमदाबाद पुग्नेछन् । उनीसँग श्रीमती मेलानिया, छोरी इवान्का र ज्वाइँ जेरेड कुसनर पनि हुनेछन् । अहमदावादमा आयोजित कार्यक्रमपछि राष्ट्रपति ट्रम्प नेतृत्वको टोली आगरा पुग्नेछ, जहाँ उनको परिवारले ताजको मुकुट लगाउने कार्यक्रम तय भएको छ । करिब ५० मिनेटको ताजमहलको अवलोकनपछि राष्ट्रपति ट्रम्प नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नयाँदिल्लीमा रहँदा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्धिपक्षीय वार्ता हुनेछ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल