Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ईश्वरी वाग्ले
प्रधानमन्त्री केपी ओलीका छाउराहरूलाई धर्मपुत्रको रूपमा प्रस्तुत हुने गोकुल बाँस्कोटाको लुटाहा शैलीले कस्तो सन्देश दियो ? यही हो । कम्युनिस्ट पार्टीको वर्ग समन्वय यस्तै नीतिगत लुट हो, विकास र समृद्धि । ओली र उनको भजनमण्डालीले माओवादी पक्षलाई कतिसम्म गिरायो । अग्नि खरेल, सुवाव नेम्वाङ, सुशील प्याकुरेल जस्ता सीआईएका एजेन्टहरूले केसम्म गरेनन् ? ओलीले प्रमको नाताले पार्टी अध्यक्षको हैसियतले आफ्ना छौँडाहरूलाई खबरदारी गरे कि छाडा छाडे ? सुवास नेम्वाङ सभामुख हुन कृष्णबहादुर महरालाई रोशनी शाही प्रकरण खडा गरियो । जहाँ जनार्दन शर्मा, ओनसरी घर्ती, वर्षमान पुन, शक्ति बस्नेत जस्ता घुस्याहाहरू पुष्पकमल दाहाललाई कमजोर बनाउन केपी ओलीको पिसाब जिउमा छर्केर शुद्ध हुन तयार भए ।
ओलीको त्याग र समर्पण
ओलीको आँट झापा आनदोलनमा १४ वर्ष जेल बस्ने थियो । उनी जेल बसे । प्रजातन्त्रका लागि उनको योगदान त्यही भयो । पञ्चायतको अन्त्यपछि ओली राजनीतिक शक्तिको आडमा थिए । एमालेले विदेशी डलर ल्याएर ओली गुटका कार्यकर्तालाई प्रहरी, सेना र गुप्तचरका सीआईडीका रूपमा कार्यकर्ता विस्तार ग¥यो । तर त्यस्तो कार्यकर्तामा विचारविहीन गुण्डा, पाकेटमार र डनको रूपमा स्थापित भयो । अहिले पनि ओली पक्ष पार्टीको कामयावी ठाउँमा रहन सहयात्री, समकक्षीहरूमाथि सत्रुता प्रदर्शन गर्न पछि पर्दैनन् । गोकुल बाँस्कोटा एउटा नमुना मात्र थिए । बाँस्कोटाको प्रतिभा ओलीले रुचाए जस्तै थियो । त्यही कारण सञ्चारमन्त्रीको रूपमा उनले २८ अर्बको स्याटेलाइट, सेक्युरिटी प्रेस, फोरजी सेवा, अप्टिकल फाइबर, कम्प्युटर ल्याब, इन्टरनेट सेवा जस्ता प्रोजेक्टमा तीन गुणाभन्दा बढी रकम खर्लप्पै हसुर्ने गरी योजना बनाएको सत्य बाहिर आयो । भन्न सक्छन्– सुवास नेम्वाङ, ईश्वर पोखेरले, अग्नि खरेल, सुशील प्याकुरेल जस्ता विदेशी दलालहरूले गोकुलबाट कुकर्म भएको छैन भनेर । पार्टीले छानबिन गर्नुपर्दैन, गोकुल केन्द्रीय सदस्य पनि हुन् ।
सबैले सत्ता त्यागे हुन्छ
नैतिकता छ भने ओली सरकारका सबै मन्त्रीले सत्ता त्यागेर पार्टीको तर्फबाट नयाँ सरकार निर्माण गर्ने बाटो खोल्नुपर्छ । वर्तमान सरकारका कुनै पनि मन्त्री शुद्ध निट एन्ड क्लिन छैनन् । प्रधानमन्त्री केपी ओली जस्तो दुष्ट राजनीतिक जोक्कर नेपालमा अरू रहेनछन् । यिनले जबर्जस्त गरेको एमसीसी नेपालको राष्ट्रिय स्वाभिमान र आत्मगौरवविरुद्ध भएको यथार्थता झलनाथ खनालले प्रस्तुत गरिसके । अब प्रम ओलीको अरूप्रति औँला ठड्याउने हैसियत छैन । किनकि ओलीको इच्छाविपरीत गोकुल बाँस्कोटाले एक खर्ब रूपैयाँको सातवटा प्रोजेक्टमा तीन गुणा बढी रकम बढाउन सक्दैनथे । वनस्पति विभागमा कार्यालय सहयोगीमा आफ्नी रखैललाई जागिर खुवाएका उपप्रम ईश्वर पोखरेलको फूर्ति चम्काएर चम्किँदैन । नेपाल ट्रष्टको सम्पत्ति तस्कर समू्ह थाम्सेर्कुलाई सुम्पँदा ओली र ईश्वरको भान्सामा सिस्नुको साग अवश्य पाकेन ।
छौँडाहरूले ख्याल राख
ख्याल गरे हुन्छ, ओलीका छौँडा र कुसुन्डाहरूले । ‘भ्रष्टाचार गर्न दिन्नँ, म पनि गर्दिनँ । ओलीको वचन कहाँ गयो ? गोकुल शुद्ध चिकित्सा आयोगका उपाध्यक्षलाई बद्नाम गर्ने गरी प्रस्तुत भएका झापाका ठग शिक्षा माफिया दुर्गा प्रसाई बहादुर ! प्रधानमन्त्रीको नैतिकता रहेन । उनलाई पार्टीको नाममा राष्ट्र लुट्न जनताले बहुमत दिएका होइनन् । विघटित माओवादी पक्षका नेताहरूप्रति एमाले गुटले कहीँ कतै खुइल्याउन बाँकी राखेन, अपराध गरेपछि त्यसको फल आफैँतिर फर्कन्छ । अति गर्नु, अत्याचार नगर्नु भन्छन् । ओलीले माधव नेपाल, झलनाथ खनालप्रति गरेको अत्याचार समयअनुसार दब्न सक्छ तर कृष्णबहादुर महरामाथि गरेको अत्याचारको फल गोकुलको बहादुरीले कुहायो कि जोगायो ? ओलीका दलालहरू अग्नि खरेल, सुवास नेम्वाङ, सुशील प्याकुरेल, विष्णु रिमाल, शङ्कर पोखरेल, शेरधन राई, डोरमणि पौडेलहरूले ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसमेतको गुटीय बैठकबाट निष्कर्ष निकाल्नुप¥यो नि ! अब अरूलाई खेदेर देशको ढुकुटी लुट्न पाइयो ।
कठै सुशीलको हर्कत
राष्ट्रपतिको राजनीतिक सल्लाहकार जस्तो पदमा बसेर राज्यको तलब सुविधा हसुरेका सुशीलले सभामुख पदमा अग्नि सापकोटालाई आउन नदिन चलाएको अभियान पूर्वाग्रहमा आधारित थियो । सापकोटाविरुद्ध काभ्रे जिल्ला प्रहरीमा न त उजुरी छ न त सर्वोच्चमा ‘रअ’का दलाल विनोद त्रिपाठी र कनकमणि दीक्षितको समूहले दर्ता गरेको मुद्दामा दोषी करार गर्ने आधार छ । मदन भण्डारी हत्याकाण्डका साक्षी अमर लामालाई मार्न लगाउने अरू थिएनन्, केपी ओली नै थिए । मदनकी अर्धाङ्गिनी विद्या रक्षामन्त्री भएर आफ्नो लोग्नेको हत्या गराउने गिरोहको पहिचान गर्न किन चासो राखिनन् ? यो केस तत्कालीन एमालेको चुनावी माथापच्ची थियो । विद्यालाई लोग्ने मारिएको चिन्ता भएन ।
खोई १२ खर्ब १३ अर्ब ?
नेपालको नदीनाला भारतलाई सुम्पेर महाकाली सन्धिले भारतबाट नेपाललाई १२ खर्ब १३ अर्ब आम्दानी हुन्छ भन्ने केपी ओलीको फन्टुसे तर्क सत्तामा आएको दुई वर्षको यो अवधिमा सीमा अतिक्रमणसम्बन्धी व्यवहारले पनि देखाइदियो । महाकालीबाट नेपालले के भयो, त्यो क्षेत्रका जनताले जमिन बगाउनेबाहेक ? ओलीको देशभक्ति यति छिट्टै नाङ्गियो जबकि उनले पार्टीमा गुटबन्दी र सरकारमा एकलौटी गरेर चमत्कार देखाउँदाको फल धमाधम फल्दैछ । ईश्वर पोखरेलको फास्ट ट्«याकको लुट अब खुल्छ । थाम्सेर्कु समूहसँगको पार्टनरसीप पनि अब खोतलिन्छ । नैतिकताको कुरा गर्ने, विधि र प्रक्रियाको कुरा गर्नेले गोकुलको कर्मकाण्ड कुन विधि र प्रक्रियामा थियो भन्न सक्छन् ?
कुन विधि र प्रक्रियामा भयो यो ?
कुन विधि र प्रक्रियामा दिइयो नेपाल ट्रष्टको सम्पत्ति थाम्सेर्कुलाई ? यो देशमा केबुलकार खोल्ने, रिसोर्ट सञ्चालन गर्ने, हवाईजहाज चलाउने थाम्सेर्कु मात्रै छ ? त्यस्तो व्यवसयामा अरूले लगानी गर्नै सक्दैनन् ? वायु सेवा निगमका तीनवटा जहाज भाडामा लिएर आफू डलर कमाउने निगमलाई भाडा नतिर्ने यती होल्डिङ्समाथि कारबाही किन हुन्न ? सदाचार र सुशासनको डङ्का पिट्नेले वायु सेवा निगमको वाइडबडी काण्डको भ्रष्टाचार छानबिनमा किन हस्तक्षेप गरेको ? एनसेलको कर उठाउनु नपर्ने, हायात होटलमा रहेको नेपाल सरकारको सेयर ३९ प्रतिशतबाट ९ प्रतिशतमा झारेर घूस खानेहरूको नैतिकता कहाँ छ ? सरकारको सेयर खानेलाई विदेशी पर्यटकलाई पालेर डलरको आम्दानी बढायो भनेर प्रधानमन्त्री ओलीले सम्मान गर्दा होटल हायातको लुच्याइँबारे सोधे कि सोधेनन् ?
कुन विधि र प्रक्रियामा भएका छन् यस्ता लुट धन्दा ? भ्रष्टाचारको प्रकरणमा पद त्यागेका केन्द्रीय सदस्य पार्टीको छानबिनमा पर्दैन भने त्यहाँ अनुशासन कस्तो हुन्छ ? नेकपाको ओली गुटमा नैतिकता छ भने पद छाडे हुन्छ । पार्टी त ओलीले चलाउँदैनन्, गुट उनको सर्वोपरी हो । सीआईएका दलालहरूमार्फत् अझ भुके हुन्छ माओवादीविरुद्ध । पार्टी नै विभाजन गरे पनि हुन्छ । यस्ता धुन्धुकारी र अपराधीसँग बसेर अमृत पिउनुभन्दा फरक ढङ्गको स्थान बनाएर मेलम्चीको पानी पिए हुन्छ, नैतिकता भएका सीआईएमा अडेकाहरूले पनि । कम्युनिस्ट जब वर्गीयता त्याग्छन्, त्यस बेला सीआईए र ‘रअ’का एजेन्टले पार्टी र सरकारकै बदनामी गरिदिन्छन् । ओली सरकार पतन हुनुको कारण त्यही हो । त्यसैले अति गर्नु, अत्याचार गर्नुहुन्न । मुटु नभएका सम्पादकहरूसँग बसेर बाँसुरी बजाएको हप्ता दिन नहुँदै राष्ट्र र जनतामाथि गरेको पाप कुर्लियो, ओलीको नाटकीय आदर्श धूलोमा लट्पटिएको छ । सत्ता छाड्नु सबैभन्दा श्रेयकर हुन्छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल