Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौंं । संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेको सत्ता सहयात्रा प्राम्भ भएको छ । सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन्। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको हो। स्रोतका अनुसार, एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने समझदारी जुटेको हो। जस अनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ। त्यस्तै, कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय परेका छन्। कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दलमा आन्तरिक गृहकार्य चलिरहेको छ। प्राप्त जानकारी अनुसार, एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रेसले उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने छ। गृहमा भने प्रमुख सचेतक समेत रहेका रमेश लेखकलाई पठाउने तयारी भएको कांग्रेसका नेताहरूले बताएका छन्। संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरेका छन्। लगत्तै, सोमबार बिहान ११ बजे शपथग्रहण हुने बताइएको छ। ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
एमालेले चलाउनेछ यी मन्त्रालय
अर्थ मन्त्रालय
भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
शिक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
भूमिसुधार मन्त्रालय
कांग्रेसले चलाउने मन्त्रालय
गृह मन्त्रालय
रक्षा मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सहरी विकास मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
कृषि तथा पशुपंक्षी मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल