Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्। उनले आगामी आइतबार अर्थात् असोज ६ गते प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए। अहिले नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सरकारमा छन्। सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय मन्त्रिपरिषद् गठन पनि भइसकेको छ। अन्य दलहरूले सरकारलाई समर्थन गर्ने–नगर्ने विषय अहिलेसम्म अन्योलमै छ। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। संसदका सबैभन्दा ठूला दुई दल मिलेकाले प्रधानमन्त्री ओलीसँग सुविधानजनक बहुमत छ।

सत्तापक्षको मुख्य सचेतकमा बर्तौला
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई आज उक्त जिम्मेवारी दिएका हुन् । सत्तारुढ दलबाट मुख्य सचेतक नियुक्त हुने गर्छन् । अन्य दलका प्रमुख सचेतकभन्दा सत्ता पक्षका मुख्य सचेतकको वरीयता माथि हुन्छ । बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन् ।

 


सम्बन्धित समाचार